सगरमाथा संवाद कार्यक्रममा सि जिनपिङ र मोदीलाई निम्तो

काठमाडौं - आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने सगरमाथा संवाद कार्यक्रमको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज निर्देशक समितिको पहिलो बैठक सम्पन्न भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा कार्यक्रमको समग्र व्यवस्थापन, रूपरेखा, विदेशी राष्ट्रप्रमुख तथा सरकार प्रमुखसहित अतिथिहरूको निमन्त्रणा, विज्ञहरूको सहभागिता, सद्भावना दूतको नियुक्ति र निजी क्षेत्रसँगको सहकार्यलगायत विषयमा छलफल भएको छ ।
बैठकमा प्रधानमन्त्री ओलीले सबै क्षेत्रको सहयोग र सहभागिता लिइ कार्यक्रमलाई विशेष बनाउन जोड गरेका छन् । उनले कार्यक्रमको तयारी हरेक हिसाबले पर्फेक्ट रूपमा गर्न निर्देशनसमेत दिए।
सगरमाथा संवाद कार्यक्रम सञ्चालनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सचिवालय सञ्चालनमा आइसकेको छ ।
संवाद कार्यक्रमका लागि प्रधानमन्त्री ओलीको अध्यक्षतामा निर्देशक समिति र परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको अध्यक्षता र वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीको सहअध्यक्षतामा व्यवस्थापन समिति गठन गरिएको छ ।
सरकारले संवाद कार्यक्रमका लागि छिमेकी मुलुक भारत, चीनसहित विभिन्न मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुखसहितलाई विशेष अतिथिका रूपमा आमन्त्रण गरिसकेको छ ।
सरकारले पहिलो पटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्वव्यापी संवाद आयोजना गर्न लागेको हो ।
यस कार्यक्रमको गत माघ ८ गते अन्तर्राष्ट्रिय हिमनदी वर्ष, २०२५ का अवसरमा प्रधानमन्त्री ओलीले घोषणा गरेका थिए ।

एक महिनाका लागि ‘राइड सेयरिङ’ कार्यान्वयन स्थगन गर्ने प्रदेश सरकारको निर्णय

प्रधानमन्त्री ओलीले चित्रकार शर्माका कलाकृति अवलोकन गरे

सरकारले संविधान संशोधनको काम तत्काल सुरू गर्नुपर्छ: महामन्त्री थापा

गणतन्त्रको नाममा लुटतन्त्रको अन्त्य गर्न आन्दोलन गरेका हौः अध्यक्ष लिङ्देन

भिजिट भिसामा सबैमाथि गहिरोसँग अनुसन्धान हुनुपर्छः महामन्त्री शर्मा

लोसपा प्रवक्तामा मनिष मिश्र नियुक्त

श्रमिकका समस्या बारे एनआरएनए प्रतिनिधि मण्डल तथा श्रम मन्त्रीबीच छलफल

प्रतिक्रिया