नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबि बैंक, आइएफसी र इयूको साझेदारी

काठमाडौँ- मार्च महिनाको पहिलो हप्ता, एनएमबि बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (IFC) सँग सहकार्य गर्दै र युरोपियन युनियनको ACSIIS कार्यक्रमको सहयोगमा तीन-दिने तालिम सञ्चालन गरेको छ । सो तालिम बैंकको दिगो वित्तीय प्राथमिकताका तीन मुख्य क्षेत्रहरू—ऊर्जा, कृषि व्यवसाय, र SME (सानो तथा मध्यम उद्यम) क्षेत्र—मा जलवायु वित्त र जोखिम व्यवस्थापन सुदृढ गर्न केन्द्रित थियो । नेपाल जलवायु जोखिमका दृष्टिले अति
संवेदनशील भएकाले, तालिमले बैंकिङ तथा व्यवसायमा ESG (पर्यावरणीय, सामाजिक, र सुशासन) अभ्यासहरूलाई समाहित गर्न जोड दियो, जसले प्रभावकारी जोखिम व्यवस्थापन र वित्तीय स्थायित्वमा योगदान पुर्याउँछ । IFC का विशेषज्ञहरू र स्थानीय परामर्शदाताहरूबाट क्षेत्रीय तथा विश्वव्यापी उत्कृष्ट अभ्यासहरूबारे गहिरो ज्ञान हासिल गर्न एनएमबि बैंकका व्यवसायिक टोली, E&S तथा जोखिम अधिकृतहरू, तथा ग्राहकहरू गरी ९० जना सहभागी भए ।
उच्च सहभागितामूलक यस कार्यक्रमले सहभागीहरूलाई वातावरणीय तथा सामाजिक उचित परिश्रम (ESDD), जैविक विविधता व्यवस्थापन, श्रम अधिकार, भूमि पुनर्स्थापना र स्रोत दक्षता जस्ता विषयहरूमा छलफल गराउँदै अन्तर्राष्ट्रिय मापदण्डहरूसँग समाहित हुने अवसर प्रदान गर्यो।
यस पहलले ESG तथा जलवायु जोखिम व्यवस्थापन क्षमता बढाउँदै, बैंक र यसको ग्राहकहरूको दिगो लगानी अभ्यासलाई थप सशक्त बनाएको छ । एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_OMTKF95ocL_3ywab5qrg9o5ndgcxiuyxisi4dmikybtolftatzsrim3a4vv7ru1n1dhua7t.png)
कुमारी बैंकले ल्यायो 'टपअप र फोनपे डाइरेट गरौँ, बम्पर उपहार जितौँ' योजना

सबैभन्दा बढी कर तिर्ने नबिल बैंकलाई सम्मान

एनएमबि बैंकको सेयर बिक्रीमा
ग्लोबल आइएमई बैंकद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

एनएमबि बैंक द्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

प्रभु बैंक गण्डकी प्रदेशद्वारा ग्लोबल मनी वीकको अवसरमा वित्तीय जनचेतनामूलक र्या…

प्रतिक्रिया