रूस र युक्रेनबीच ३७२ युद्धबन्दी आदानप्रदान

किभ, युक्रेन- रुस र युक्रेनले सोमबार सयौं युद्धबन्दी आदानप्रदान गरेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) को मध्यस्थतामा भएको कैदी आदानप्रदानमा रूस र युक्रेनले ३७२ सैनिक आदानप्रदान गरेको मस्को र कीभले बुधबार बताएका छन् ।
सन् २०२२ को सुरुमा युक्रेनमा रूसी आक्रमण सुरु गरेदेखि कैदी र मारिएका सैनिकहरूको अवशेषको आदानप्रदान युद्धरत देशहरू बीचको सहयोगको एक मात्र क्षेत्र भएको क्रेमलिनले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीचको वार्तापछि क्रेमलिनले मङ्गलबार उक्त आदानप्रदानको घोषणा गरेको हो ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले उक्त आदानप्रदानलाई युद्धको सबैभन्दा ठूलो घटनाको रूपमा वर्णन गर्दै रिहा गरिएका केही युक्रेनीहरूलाई ‘काल्पनिक अपराधका लागि रुसले सताएको’ बताए ।
जेलेन्स्कीले बुधवार फर्केका केही युक्रेनीहरूले दक्षिणी सहर मारिउपोलमा लडाइँ गरेको बताए, जसलाई रुसी सेनाले आक्रमणको प्रारम्भिक महिनाहरूमा क्रूर घेराबन्दीमा राखेको थियो ।
युद्धविराम वार्ताको एक भागको रूपमा रूससँग सबैका लागि आदानप्रदानको लागि आह्वान गर्ने युक्रेनी नेताले युएईलाई मध्यस्थताको लागि धन्यवाद दिए र सबै कैदीहरूलाई फिर्ता गर्ने वाचा गरे ।
“सबै रूसी सैनिकहरू बेलारुसमा छन्, जहाँ उनीहरूलाई आवश्यक मनोवैज्ञानिक र चिकित्सा सहायता प्रदान गरिँदैछ र उनीहरूका आफन्तहरूलाई सम्पर्क गर्ने अवसर दिइँदैछ,” रूसी रक्षा मन्त्रालयले जनाएको छ ।
फेब्रुअरी सन् २०२२ मा मस्कोले युक्रेन आक्रमण सुरु गरेदेखि दुवै पक्षले सयौं कैदीहरू आदानप्रदान गरिसकेका छन् । (एएफपी)

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_afMnwqnG2q_hdtee7gxhxeuuaiszeb7zbcuvdcu7wwfm7vpfqna50acjic3by611wypin90.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया