एसइईमा परिक्षा शान्तिपूर्ण रूपमा जारी, ४८ कैदी बन्दी पनि सहभागी

काठमाडौँ- नेपालको विद्यालय शिक्षा परीक्षा ‘एसइई’मा शान्तिपुर्ण रूपमा जारी रहेको छ ।
देशैभरका २०७९ परिक्षा केन्द्रमा परिक्षा शान्तिपुर्ण रूपमा जारी रहेको हो । बिहान ८:०० बजेदेखि सुरू भएको परिक्षा ११:०० बजे सकिनेछ ।
आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ भने आजै संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा पनि भइरहेको छ ।
केन्द्रका अनुसार यो वर्ष विभिन्न बाल सुधारगृह र कारागारबाट ४८ जनाले एसइई परीक्षा दिन लागेका छन्। जसअनुसार भक्तपुरको सानो ठिमीमा रहेको बाल सुधार गृहबाट २७ जना, सुन्धारास्थित केन्द्रीय कारागारबाट १९ जना, दैलेखको बाल सुधारगृहबाट ६ जना तथा धुलिखेल र दाङबाट १–१ जना गरी ४८ जनाले थुनाबाट परीक्षा दिँदै छन्।
परीक्षा बोर्डका अनुसार यो पटक मनाङमा जम्मा ४६ जनाले मात्रै एसइई परीक्षा दिँदै छन् भने सबैभन्दा बढी काठमाडौंवाट ३९ हजार बढीले परिक्षा दिइरहेका छन् ।

काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने

एम्बार्क अनम्याथको “उद्यमी गणित“ कार्यक्रमः शैक्षिक गणितलाई व्यवहारिक प्रयोगमा रू…

किङ्स कलेजले साउन १०–११ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट विश्व निकेतन सम्मानित

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ५४ करोड बजेट स्वीकृत

‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न

प्रतिक्रिया