जेलेन्स्कीसँग ट्रम्पले भने- युक्रेनले पावर प्लान्टको नियन्त्रण अमेरिकालाई दिनुपर्छ

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग युक्रेन युद्धबारे बुधबार एक घण्टा कुराकानी गरेका छन् । जसको विवरण बाहिर आएको छ ।
यसअघि ट्रम्पले भनेका थिए, ‘हामी सही बाटोमा छौं। हाम्रो अधिकांश कुराकानी हिजो पुटिनसँग भएको कुराको वरिपरि घुमेको थियो, विदेश सचिव मार्को रुबियो र एनएसए माइकल वाल्ट्जले यस कुराकानीको विवरण दिनेछन्।’
यसपछि अमेरिकी विदेशमन्त्री र एनएसएले एक विज्ञप्ति जारी गर्दै ह्वाइट हाउसले युक्रेनको पावर प्लान्टको सुरक्षाका लागि अमेरिकालाई नियन्त्रण दिन सुझाव दिएको बताए ।
उही समयमा, जेलेन्स्कीले एक्समा मा लेखेका छन्, ‘मैले युद्ध समाप्त गर्ने पहिलो कदमको रूपमा ऊर्जा र अन्य पूर्वाधारमा आक्रमण नगर्ने प्रस्तावको समर्थन गरें। त्यसलाई कार्यान्वयन गर्न हामी तयार छौं ।’
आफ्नो टोलीलाई आंशिक युद्धविराम कार्यान्वयन गर्न र अन्य प्राविधिक समस्या समाधान गर्न निर्देशन दिएको उनले जनाए । युक्रेन र अमेरिका समन्वय कायम गर्न साउदी अरेबियामा भेट्न तयारसमेत भएका छन् ।
सो अघि जेलेन्स्कीले रुस र युक्रेनबीच १७५ कैदीको आदानप्रदान भएको बताएका थिए । यसबाहेक रुसले गम्भीर घाइते २२ युक्रेनी सैनिकलाई पनि रिहा गरेको छ ।
युक्रेनमा रुसी हवाई आक्रमण : पाँच जनाको मृत्यु, दर्जनौं घाइते

चीनले पठाउँदैछ इरानलाई पाउडर, बनाइँदैछ थप ८०० ब्लास्टिक मिसाइल

टर्कीका राष्ट्रपतिको अपिल- कम्तिमा तीन सन्तान जन्माउनुहोस्

मस्कले ट्रम्पसँग जोडिरहेका ‘यौनदुराचारी’ एपस्टेन को हुन् ?

गधाले मजबुत बनाइरहेछन् पाकिस्तान र चीनको सम्बन्ध

चीनले बनाइरहेछ हरेक ५ दिनमा एक आणविक हतियार, विश्वमा छन् ९६०० हतियार

ट्रम्पद्वारा हार्वर्डमा नयाँ विदेशी विद्यार्थीका लागि भिसा प्रतिबन्ध

प्रतिक्रिया