महायज्ञस्थल 'पवित्र' बनाउन दलितको घरमा डोजर चल्यो, माटोसमेत फालियो

सिरहा - सिरहामा करिब २५ वर्ष देखि सानो छाप्रोमा बस्दै आएका एक जना मलिक परिवारलाई जनप्रतिनिधिहरुले नै उठीबास गराएका छन्। पूर्वपश्चिम हुलाकी राजमार्ग अन्तर्गत औरही गाँउपालिका ५ स्थित सडक छेउमा लामो समयदेखि बस्दै आएका (दलित) मलिक परिवारलाई औरही गाँपा अध्यक्ष शिवजी यादवले नै घर भत्काउन लगाएर विस्थापित गरेका हुन्।
विगत लामो समयदेखि सडक किनारमा बस्दै आएका दिपक मलिक (डोम) बस्ने नयाँ छाप्रो ठडिएको छ। त्यही छाप्रो पनि दुईवटा कोठामा विभाजन गरिएको छ। कोठाका दुवै दैलोमा भगवान महादेव, विष्णु, गणेश, लक्ष्मी सरस्वतीका फोटो टाँसिएका छन्। तर, उनको आस्थाका भगवानले उनलाई कहिल्यै रक्षा गर्न सकेनन् ।
उनका परिवारले पनि आस्थाका साथ मानिरहेका भगवानहरूको नाममा यही चैत १७ गते देखि श्री श्री १०८ श्री विष्णु महायज्ञ आयोजना हुँदैछ। दिपक त्यहि महायज्ञस्थल नजिकै एउटा कुनामा सानो छाप्रोमा बस्दै आएका थिए। महायज्ञ लगाउने ठाँउ नजिकै छाप्रोमा बस्दै आएका अछुत डोम राख्न नहुने भनेर यज्ञका कर्ताधर्ता मानिएका महात्यागी बजरंगी बाबाको निर्देशनमा पालिका अध्यक्ष शिवजी यादवले पालिकाकै जेसिभी लगाएर गत फागुन १० गते घर भत्काए ।
आयोजकले मलिकको घर मात्र भत्काएनन् अछुतले छोएको माटो भनेर घर रहेको स्थानको समेत दुई फिट माटो खनेर खोलामा फालिएको छ।
थातथलो भत्काएर मलिक परिवारलाई विस्थापित गराइएपछि श्री सुन्दर जनता माध्यमिक विद्यालय औरहीको करिब २ धुर जग्गामा दुई कोठाको टिनले छाएको घर बनाएर राखिएको छ। त्यही घरमा उनका दुई छोरा, दुई छोरी, एक बुहारी र दिपक श्रीमान श्रीमतीसहित सात जनाको परिवार बस्दै आएका थिए ।
विगत २५ वर्षदेखि मलिक परिवारको थातथलो रहेको स्थानमा जनता आवास कार्यक्रमबाट ५ वर्ष अघि दुई कोठे पक्की भवन पालिकाले नै बनाइ दिएको थियो। घर भत्काएर नयाँ ठाउँमा सारिदिएपछि मलिक परिवार बिचल्लीमा परेका छन्। छाप्रो निर्माण भएपनि उनीसँग पानीको स्रोत छैन, बिजुली बलिरहेको छैन। अनिताले भनिन्, ‘घर पनि हाम्रै काठ पात र थोत्रो जस्ता हालेर ठड्याइदिएका छन्’।
दिपकका श्रीमती अनिता मलिकले भनिन्, ‘बर्षौंदेखि बस्दै आएको ठाउँबाट अहिले यहाँ सारिदिएको छ। साना नानीहरुसहित यहाँ बसिरहेको छु। बिजुली छैन। पानी छैन। गाउँबाट पानी मागेर एक महिनादेखि गुजारा गरिरहेको छु। बिजुली नभएकाले दिउँसै खाना पकाएर खानुपर्ने बाध्यता छ। कष्टपूर्ण तवरले बाचिरहेको छु।’
पुरानो वासस्थानबाट तिमीहरू हट्नु पर्छ भनेर गाउँपालिका अध्यक्ष शिवजी यादव र वडा नम्बर ५ का पूर्व वडाध्यक्ष दिलीप यादवले दबाब दिएको पीडित दीपककी पत्नी अनिता मलिकले बताइन्। यज्ञ लगाउने नाममा हामीलाई त्यहाँबाट हट्नु पर्छ भनेका थिए। तर, हामी श्रीमान श्रीमती घरमा नभएको बेला डोजर लगाएर घर भत्काइयो। हामी निरीहले के प्रतिकार गर्न सक्नु।’
दीपक र अनिता मलिकको १७ वर्षीय छोरा अर्जुन र नवविवाहिता बुहारी, १३ वर्षकी छोरी किरण कुमारीश, १० वर्षकी छोरी प्रीती र ८ वर्षीय छोरा आकाश मलिक सहितको ७ जनाको जहान छ।
यस सम्बन्धमा पालिका अध्यक्ष शिवजी यादवलाई सोध्दा उनले मलिक परिवारको घर भत्काइ दिएको स्वीकार गरे। उनले भने त्यहाँ कृषि बजार लगाउन ३ करोडमा टेण्डर लागेको छ। त्यहाँ चौतर्फी बाउण्ड्री वाल लगाउनु छ। त्यसकारण भत्काएको जिकिर गरे।
यता विभिन्न मिडियाहरूमा समाचार आएपश्चात आज स्थलगत निरीक्षणमा पुगेका जिल्ला प्रहरी कार्यालय प्रमुख रमेश पडिंतले तत्काललाई यो महायज्ञ रोक्न निर्देशन दिएका छन्। उनले भने, ‘यो महायज्ञ विवादित भयो। अहिले तत्काललाई महायज्ञ रोक्न केन्द्रबाट नै निर्देशन आएको छ।’
महायज्ञका पुजारी बजरंगी बाबाले त्यो ठाउँ पवित्र गर्ने भन्दै जल छर्किए । यो सरासर छुवाछुतको अपराध गरेको दलित अधिकारकर्मीहरु बताउँछन्। दोषी बजरंगी बाबा, पालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादव माथि कानुन बमोजिम कारबाही गर्न सरकारसँग माग गरेका छन्। यो घटनाको बारेमा राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय दलित आयोगले समेत घटनाको छानबिन गर्न अधिकारकर्मीहरूले माग गरेका छन्।
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_5ydI7NqXlV_0gvfdnmyyrkxtjfjmmkw741bdkdtdsiwlszpiwy6y3qybh3tk7e1yydfho75_XOMTpn3n0E_zlgr1swcbgffyfpdn1qvwgrqvjxrf3epa7q2xktzwixusdv7fbmmn8ayf46z.jpg)
बुटवलमा महिलामाथि गोली प्रहार

पूजाको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न माग

प्रि–मनसुन अवधिमा ४१ जनाको मृत्यु, २५७ घाइते

सञ्चारिकाको अध्यक्षमा पन्थी

दाल धेरै भयो ? पराठा बनाउने कि

विश्वभरका नेपाली सेफ काठमाडौँमा, भृकुटीमण्डपमा आज फुड फेस्टिभल

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

प्रतिक्रिया