काभा भलिबलको दोस्रो संस्करण पनि नेपालमा नै हुने

काठमाडौं - सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) का महिला नेसन्स लिग लगातार दोस्रो वर्ष पनि नेपालले आयोजना गर्ने भएको छ ।
काभाले हालै सार्वजनिक गरेको वार्षिक क्यालेन्डर अनुसार प्रतियोगिता आगामी अक्टोबर ११ देखि १७ सम्म, काठमाडौंमा हुनेछ। नेपालले गत वर्ष पनि यो प्रतियोगिता आयोजना गरेको थियो ।
नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो । अहिले फेरि नेपालले काभा महिला च्याम्पियन्स लिग–२०२५ आयोजना गर्ने जिम्मेवारी पुनः प्राप्त गरेको हो । यो प्रतियोगिता डिसेम्बर ७ देखि १४ सम्म हुनेछ ।
नेपालले यसअघि सन् २०२४ मा महिला च्यालेन्ज कप तथा गत वर्ष पुरुष क्लब च्याम्पियनसिप आयोजना गरेको थियो ।

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

प्रतिक्रिया