शनिबार १० जेठ, २०८२
Saturday, May 24, 2025

च्याम्पियन्स ट्रफी विजेता टोलीलाई भारतले ५८ करोडको पुरस्कार दिने

नयाँदिल्ली - भारतले आइसिसी च्याम्पियन्स ट्रफी विजेता टोलीलाई ५८ करोड भारतीय रूपैयाँ पुरस्कार दिने भएको छ ।

भारतीय क्रिकेट बोर्ड (बिसिसीआइ) ले ५८ करोड भारतीय रुपैयाँ पुरस्कार घोषणा गरे पछि क्रिकेट जगतमा खुसीयाली छाएको छ । 

रोहित शर्माको नेतृत्वमा भारतले अपराजित रहँदै च्याम्पियन बनेको थियो । फाइनलमा भने भारतले न्यूजिल्याण्डलाई चार विकेटले पराजित गरेर उपाधि जितेको थियो ।

बिसिसीआइका अध्यक्ष रोजर बिन्नीले लगातार २ वटा आइसिसी उपाधि जित्नु भारतीय क्रिकेटका लागि ऐतिहासिक उपलब्धि भएको बताउँदै र खेलाडी र सहयोगी टिमको मेहनतको सम्मानमा नगर पुरस्कार प्रदान गरिने निर्णय भएको जनाए ।

भारतले सन् २०२४ मा आइसिसी ट्वान्टी–२० विश्वकप पनि जितेको थियो ।