पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु

काठमाडौं - पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु भएको छ । आजदेखि यहाँ ‘फङ्सनल न्युरोसर्जरी वर्कसप’ का रूपमा सुरु भएको सम्मेलन तीन दिनसम्म सञ्चालन हुनेछ ।
न्युरो फाउन्डेसन नेपाल र नेपलिज सोसाइटी अफ न्युरोसर्जन्स्को संयुक्त आयोजना रहेको सम्मेलनमा क्यानडा, इरान र नेपालका न्युरोसर्जरी क्षेत्रमा कार्यरत चिकित्सक तथा वैज्ञानिकको उपस्थिति छ ।
सम्मेलनमा ६० भन्दा बढी वैज्ञानिकले कार्यपत्र प्रस्तुति गरिरहेका छन् । सम्मेलनबारे प्रकाश पार्दै न्युरोफाउन्डेसन नेपालका अध्यक्ष डा वसन्त पन्तले भने, “फङ्सनल न्युरोसर्जरीमा पार्किन्सन्स, शरीर काम्ने, शरीरको चालसम्बन्धी गडबडी (मुभमेन्ट डिसअर्डर), विभिन्न किसिमका मानसिक स्वास्थ्यसम्बन्धी समस्याको उपचार हुन्छ । सोही विषयमा केन्द्रित रहेर सम्मलेन आयोजना गरिएको हो ।”
आजभन्दा २० वर्ष अघि नेपालमा एमआरआइसहित स्वास्थ्य क्षेत्रमा प्रयोग गरिने प्रविधिको विकास नभएको अवस्थामा न्युरोसर्जन अत्यन्त कम रहेका बताउँदै आज नेपालमा यो सङ्ख्या एक सय २० पुगेको उनले जानकारी दिए । रासस

गैरआवासीय नेपाली सङ्घ रुसको अध्यक्षमा कट्टेल

एनआरएनए इजरायल अध्यक्षमा अली महम्मद मियाँको उम्मेदवारी घोषणा

एनआरएन क्यानडाको अध्यक्ष पदमा उम्मेदवार किरोज श्रेष्ठलाई , डा. धरेल र इञ्जिनियर…

एनआरएनए जापानमा रमेश गिरीको क्षेत्रिय सह-कोषाध्यक्षमा उम्मेदवारी

एनआरएनए अष्ट्रेलियाको निर्वाचनमा सन्तोष कुँवर प्यानल : को को छन् समूहमा ?

प्रवासी नेपालीको आवाज सशक्त रूपमा उठाउँदै सन्तोष कुँवर,मिसन सहित लागे एनआरए…

जापानमा नेपाल पभिलियन भोलि देखि खुला हुँदै

प्रतिक्रिया