५ रनले कर्णालीको तेस्रो जित

काठमाडौं - कर्णाली प्रदेशले तेस्रो जित हासिल गरेको छ । जारी प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा कर्णालीले लुम्बिनी प्रदेशलाइ ५ रनले हराउँदै तेस्रो जित हासिल गरेको हो ।
बिहीबार सिद्धार्थनगर क्रिकेट मैदानमा कर्णालीले लुम्बिनी प्रदेशविरुद्ध ५ रनको रोमाञ्चक जित निकाल्न सफल भएको हो । कर्णालीले प्रस्तुत गरेको २०६ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४९.४ ओभरमा २०० रनमा समेटिन विवश भएको हो ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै २०५ रनको योगफल तयार पार्न सफल भएको छ ।
कर्णालीका लागि दीपेन्द्र रावतले ८४ बलमा ९ चौकाको मद्दतले सर्वाधिक ६६ रनको योगदान गरेका थिए भने अर्जुन घर्तीले ८४ बलमा तीन चौका र दुई छक्काको मद्दतले ५६, सुनिल धमलाले १९, दिनेश अधिकारीले १६, निश्चिल रावल र विपिन रावलले १० रन बनाउन सफल भएका थिए ।
यो जितसँगै ६ खेलमा ६ अंक जोडेको कर्णाली पाँचौं स्थानमा उक्लिएको छ । पराजित लुम्बिनी सात खेलबाट आठ अंकका साथ तेस्रो स्थानमा छ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_Eq9LvI691M_efmmbd450wasdkphff0zvwn7bq3sndpqk3oqybowkeiiltkrck5v9xos3ivh.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया