इजरायली हवाई आक्रमणबाट गाजामा मृत्यु हुनेको सङ्ख्या ७१ पुग्यो

गाजा पट्टी- इजरायलले रातभर र बिहीबारसम्म गाजा पट्टीमा धेरै घरमा गरेको आक्रमणमा कम्तीमा ७१ प्यालेस्टिनीको मृत्यु भएको अस्पतालहरूले बताएका छन् ।
दक्षिणी गाजाको खान युनुस र रफाह सहर तथा उत्तरी सहर बेत लाहियाका घरहरूमा आक्रमण भएको अस्पतालहरूले बताएका छन् ।
इजरायलले मङ्गलबार गाजाभर पुनः व्यापक हमला सुरु गरेको थियो । यो हमलाले युद्ध रोक्ने र २५ भन्दा बढी बन्धकको रिहाइलाई सहज बनाएको युद्धविराम भङ्ग गरेको छ ।
हमासले उनीहरूको सम्झौताबाट विचलित भएको इजरायल–समर्थित प्रस्तावलाई अस्वीकार गरेको भन्दै इजरायलले नयाँ लडाइँको दोष हमासलाई दिएको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार मङ्गलबार मात्र चार सयभन्दा बढी प्यालेस्टिनी मारिएका थिए । यसमा अधिकांश महिला र बालबालिका थिए। हमासले रकेट प्रहार गरेको वा अन्य आक्रमण गरेको कुनै रिपोर्ट आएको छैन।
पछिल्लो आक्रमणमा इजरायली सेनाको तत्काल कुनै टिप्पणी आएको छैन । सेनाले आतङ्कवादीहरूलाई मात्र लक्षित गरेको बताएको छ । उसले हमास आवासीय क्षेत्रहरूमा गहिरो रूपमा अवस्थित रहेकाले नागरिक मृत्युको दोष पनि हमासलाई दिएको छ ।
दक्षिणी सहर रफाहमा रहेको युरोपेली अस्पतालमा रातभर दुई परिवारको घरमा भएको आक्रमणमा महिला र बालबालिकासहित २६ जनाको मृत्यु भएको बताइएको छ । एउटा हमलामा एक बुवा र उनका सात सन्तानको मृत्यु भएको छ ।
खान युनुसमा रहेको नासेर अस्पतालले रातभर एउटा घरमा भएको हमलामा मारिएका सात जनाको शव प्राप्त गरेको थियो । उत्तरी गाजामा इन्डोनेसियाली अस्पतालले बेइत लाहियामा एउटा घरमा भएको हमलामा मारिएका सात जनाको शव प्राप्त गरेको बताएको छ । बेइत लाहिया सीमा नजिककोसहर हो। (एपी/सिन्ह्वा )

५ बजेदेखि युद्ध र सैन्य कारबाही रोक्ने सहमति भयो : भारत

पाकिस्तानी विदेशमन्त्री डारले भने- युद्धविराममा सहमति भयो

डोनाल्ड ट्रम्पको दाबी : अमेरिकाको मध्यस्थतामा युद्धविरामका लागि भारत र पाकिस्ता…

पाकिस्तानसँगको द्वन्द्वले भारतका दर्जनौं विमानस्थल अस्थायी रूपमा बन्द
भारतको ‘अप्रेशन सिन्दूर’विरूद्ध पाकिस्तानले सुरु गर्यो ‘बुनयान-उल-मरसूस’

ट्रम्प मध्यपुर्वमा निस्कनुअघि अमेरिकन रक्षा सचिवको इजरायल भ्रमण रद्द

भारतका ७७ ड्रोन खसालेको पाकिस्तानको दावी

प्रतिक्रिया