स्लोभाकियाको झुपडीमा आगलागी, चार बालकसहित पाँच जनाको मृत्यु

ब्रातिस्लाभा- पूर्वी स्लोभाकियाको एक झुपडी बस्तीमा बुधबार राति आगलागी हुँदा चार बालबालिका र एक वयस्कको मृत्यु भएको उद्धार सेवा र स्थानीय अधिकारीहरूले बताएका छन् ।
राजधानी ब्रातिस्लाभाबाट करिब तीन सय किलोमिटर उत्तरपूर्वमा रहेको पूर्वी स्लोभाक सहर प्रेसोभ नजिकैको भेल्की सारिस सहरको बस्तीमा आगलागी भएको हो ।
“एउटा बस्तीमा आगलागी हुँदा चारजना साना बालबालिका र एक जना वयस्कको ज्यान गएको छ”, भेल्की सारिसका मेयर विलियम कलले फेसबुकमा भने, “आठवटा झुपडी जलेर नष्ट भएका छन् र यस दुर्भाग्यपूर्ण घटनाबाट करिब ३० जना प्रभावित भएका छन् ।”
एघार वयस्क र सातजना बालबालिकालाई स्थानीय सामुदायिक केन्द्रमा सारिएको छ । टिभीनोभिन डट एसकेको समाचार साइटअनुसार पीडितहरूमध्ये एकजना शिशु थियो ।
“दुर्भाग्यवश, हामीले पाँच व्यक्तिलाई निर्जीव अवस्थामा फेला पार्यौँ”, एम्बुलेन्स प्रवक्ता पेट्रा क्लिमेसोभाले भने ।
उनका अनुसार उद्धारकर्मीहरूले घटनास्थलमा तीव्र तनावको प्रतिक्रियामा परेकी एक बालिकाको पनि उपचार गरेका थिए ।
नजिकैको गाउँ जुपकानीका स्वैच्छिक अग्निशामकहरूले उनीहरूलाई बुधबार राति १०ः३० बजे (२१३० जिएमटी) पछि साइटमा पठाइएको बताए ।
“त्यो सामान्य आवासीय झुपडीहरूमा लागेको आगो थियो । दुर्भाग्यवश, आगो निभाउँदै गर्दा हामीले पाँच व्यक्तिका जलेका अवशेषहरू फेला पार्यौँ”, उनीहरूले फेसबुकमा लेखेका छन् । (एएफपी)
भारतमा कोभिड संक्रमित दुई बिरामीको मृत्यु

पोल्याण्डको राष्ट्रपति निर्वाचन दोस्रो चरणमा प्रवेश

रोमानियाको राष्ट्रपति निर्वाचनको दोस्रो चरणमा डान विजयी

पुटिनसँगको फोन वार्ता धेरै राम्रो भयोः ट्रम्प

गाजामा भएको इजरायली आक्रमणमा २२ जनाको मृत्यु

कमला ह्यारिसका सेलिब्रेटीको समर्थनबारे जाँच गर्न ट्रम्पको आह्वान

प्रतिक्रिया