चीनले फेला पर्यो विश्वकै सबैभन्दा ठूलो सुनखानी, अब सुनको मूल्य सस्तो हुन सक्ने

बेइजिङ- यसपटक चीनको भाग्य सुनौलो रंगले चम्किरहेको छ किनभने चीनमा सुनको ठूलो भण्डार फेला पारिसकेको छ ।
यो सुन भण्डारमा करिब १ हजार मेट्रिक टन सुन रहेको अनुमान गरिएको छ । चीनले सन् २०२४ को अन्तिम महिनामा यो सुनौलो भण्डार फेला पारेको थियो, त्यसमा थप अपडेट आएको छ । तर, यो खोजमा केही प्रश्न पनि उठाइएको छ ।
यो अहिलेसम्म पत्ता लागेको सबैभन्दा ठूलो सुनको भण्डार हुनेछ, जुन दक्षिण अफ्रिकाको दक्षिणी गहिरो खानीभन्दा पनि ठूलो सुनको भण्डार हुनेछ।
चिनियाँ माटोमा फेला परेको यो सुनको खजानाको मूल्य करिब ८३ अर्ब अमेरिकी डलर अर्थात ६०० अर्ब युआन रहने अनुमान गरिएको छ । जसका कारण चीनको अर्थतन्त्रलाई धेरै बल मिल्नेछ । यसबाहेक विश्वभर सुनको मूल्यमा पनि असर पर्न सक्छ ।
साइन्स अलर्टको रिपोर्टका अनुसार चीनको हुनान प्रान्तको भू–गर्भ ब्यूरोले पिङजियाङ काउन्टीमा २ किलोमिटर गहिराइमा ४० वटा सुन खानी फेला पारेको हो, जसमा करिब ३०० मेट्रिक टन सुन रहेको अनुमान गरिएको छ।
तर, त्यसक्रममा थ्रीडी मोडलिङ प्रविधि प्रयोग गरेपछि ३ किलोमिटर गहिराइसम्म थप धेरै सुनको भण्डार फेला परेको जनाइएको छ ।
जसका कारण यो सुनको भण्डारको कुल तौल १ हजार मेट्रिक टनसम्म पुग्न सक्छ । हाल, हुनान प्रान्तको भूगर्भीय प्रकोप सर्वेक्षण र अनुगमन संस्थानका प्राविधिकहरूले पिङ्क्सियाङ काउन्टीमा रहेको सुन खानीबाट नमूनाहरू जाँच गरिरहेका छन्।
हुनानको भूगर्भ ब्यूरोका अन्वेषक चेन रुलिनले एक विज्ञप्तिमा भने, ‘पिङ्जियाङ काउन्टीमा ड्रिलिङको क्रममा रक कोरमा सुन फेला परेको थियो। नमूनाहरू जाँच गर्दा प्रत्येक मेट्रिक टन अयस्कमा १३८ ग्रामसम्म सुन भेटियो।’
विश्व सुनको उत्पादनमा करिब १० प्रतिशत योगदान दिने चीन विश्व सुन बजारमा पहिले नै अग्रस्थानमा रहेको छ । अब नयाँ सुन भण्डार फेला पारेपछि यस्तो अवस्थामा चीनको योगदान निकै महत्वपूर्ण हुन्छ । चिनियाँ विज्ञहरू अझ यो पनि विश्वास गर्छन् कि धेरै ठूला सुन भण्डारहरू अझै पनि चीनको माटोभित्र लुकेका छन्।

भारतले विकास गर्यो मलेरियाविरूद्धको खोप
बम्बई उच्च अदालतद्वारा मुम्बई रेल विस्फोटका अभियुक्तहरूलाई रिहा गर्न आदेश

गाजामा भोकमरी भयावह, केही संयुक्त राष्ट्रका कर्मचारी स्वयं भोकै
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_RgfXNNTZ2C_iwmomuq12xtsmpno3nmwdoqmvisn99itebzyhwn33mafvpfsltxch322s9uf_adjuNi0DCz_eji98o544sxxdsbix7o6cxktyqakqazhyvklfajncl7sb25epp3kpvpua7br.jpg)
पाकिस्तानमा मनसुनी प्रकोपले मृत्यु हुनेको सङ्ख्या २१६ पुग्यो
चीनमा एक अर्ब १२ करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ता

तालिबान नियन्त्रणमा रहेका वृद्ध ब्रिटिश दम्पतीको उपचारका लागि संयुक्त राष्ट्रको …

प्रतिक्रिया