स्वाभिमान लघुवित्तको बोनस सेयर घोषणा

काठमाडौँ- स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण गर्ने भएको छ ।
यस लघुवित्तको बिहीबार (चैत ७ गते) बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र यसमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
संस्थाले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ । प्रस्तावित लाभांश राष्ट्र बैंक र स्वाभिमानको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट भने कुनै पनि लाभांश वितरण गरेको थिएन ।

आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

धनुषामा आँप महोत्सव हुँदै

ब्राण्ड बनेको गुल्मीको ‘थोर्गेली गुड’

नेशनल लाइफकी अध्यक्ष सिंहद्वारा पद तथा गोपनियताको शपथ

नेशनल लाइफलाई उत्कृष्ट जीवन बीमकको उपाधि

युरो एकको खरिददर १६० रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

‘टेक एण्ड पे’ विद्युत खरिद सम्झौता (पीपीए) नीति हटाउने निर्णय भएसँगै आन्दोलन …

प्रतिक्रिया