मधेशी निजामती कर्मचारी मञ्चको महाधिवेशन जनकपुरधाममा

जनकपुरधाम- नेपाल मधेशी निजामती कर्मचारी मञ्चको चौथो राष्ट्रिय महाधिवेशन आजदेखि जनकपुरधाममा सुरु भएको छ ।
‘सार्वजनिक सेवा प्रवाहमा भरपर्दो साधन समानुपातिक प्रतिनिधित्वको निजामती प्रशासन’ नारासहित आयोजित सो महाधिवेशन तीन दिनसम्म चल्ने छ । नेपाल मधेशी निजामती कर्मचारी मञ्चको केन्द्रिय कार्यसमिति बबरमहल काठामाडौँद्वारा आयाजित उक्त महाधिवेशनमा ३१ जिल्लाका करिब तीन सय मधेशी निजामती कर्मचारीको सहभागिता रहेको छ ।
सो महाधिवेशनमा मधेशी कर्मचारीको हकहितका साथै उनीहरुले भोग्नुपरेका समस्याबारे कार्यपत्र प्रस्तुत हुने र त्यसमा छलफल गर्ने तथा नयाँ नेतृत्वको चयन हुने मञ्चका केन्द्रिय अध्यक्ष ताहिर हुसैनले जानकारी दिए । विसं २०६२÷ ६३ को आन्दोलन पश्चात् सुरु भएको मधेश आन्दोलनबाट मधेशीको हकहितका ।लागि मधेशी निजामती कर्मचारी मञ्च गठन भएको हो ।
महाधिवेशनको उद्घाटन गर्दे मधेश प्रदेशका सांसद रामआशिष यादवले मधेश आन्दोलन भएको १८ वर्ष वितिसक्दा पनि मधेशीको समस्या जस्ताको त्यस्तै रहेकाले मधेशी समुदाय एक हुनुपर्ने आवश्यक्ता छ भने ।
कार्यक्रममा मञ्चका उपाध्यक्ष लालबाबु यादव, लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला अध्यक्ष अजय झालगायतले आ–आफ्नो धारणा राखेका थिए । रासस

राशिफलमा यस्तो हुनेछ आज तपाईंको भाग्य

तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

११ विधामा उत्कृष्ट इञ्जिनियरलाई सम्मानसहित पुरस्कृत गरिँदै, आवेदनकाे आज अन्तिम…

भोजपुरको धोद्नेखानीमा एकापरिवारका चार जनाको हत्या

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

कालीगण्डकीमा स्नान गर्नेको घुँइचो

प्रतिक्रिया