अङ्गोलामा हैजाबाट मृत्यु हुनेको सङ्ख्या ३०० पुग्यो

लुआन्डा- अफ्रिकी मुलुक अङ्गोलामा हैजाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या ३१३ पुगेको छ भने स्थानीय समय अनुसार बिहीबार साँझ ६:०० बजेसम्ममा आठ हजार १४१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको देशको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बिहीबार मात्र, अङ्गोलामा १५ नयाँ मृत्यु रेकर्ड गरियो, जुन जनवरीको सुरुमा प्रकोप सुरु भएदेखिको दोस्रो उच्च एकल दिनको सङ्ख्या हो । मार्च १५ मा १७ जनाको मृत्यु भएको रिपोर्ट गरिएको थियो ।
राष्ट्रिय राजधानी लुआन्डा बाहेक कुआन्जा नोर्टे र बेन्गुएला राज्यहरूमा पनि केसहरू बढेका छन् ।
बिहीबार लुआन्डामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य मन्त्री सिल्भिया लुटुकुटाले नौ लाख २५ हनजार २६ जनालाई खोप लगाइएको र लक्षित जनसङ्ख्याको ८६ प्रतिशतलाई समेटिएको बताए ।
सरकारले सबैभन्दा बढी प्रभावित क्षेत्रमा ७७ वटा हैजा उपचार केन्द्र र ६४ वटा ओरल रिहाइड्रेसन केन्द्र स्थापना गरेको उनले थपे । (सिन्ह्वा)

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा १०० प्रतिशत कर लगाउँछौँ : ट्रम्प

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

तीन देशका अन्तरिक्ष यात्रीहरूका लागि निजी अन्तरिक्ष उडान प्रशान्त महासागरमा अवत…

अमेरिकी करले ब्राजिलको अर्थतन्त्रमा ठूलो असर पर्ने खतरा : प्रतिवेदन
चीनको औद्योगिक उत्पादनमा तीव्र वृद्धि

लेबनानमा इजरायली हवाई आक्रमण : १२ जनाको मृत्यु

गाजामा मानवीय संकट गहिरिँदै, इयुको ध्यान सहयोगमा केन्द्रित

प्रतिक्रिया