पाकिस्तान शरणार्थी जीवन त्यागेर स्वदेश फर्किए ८ लाख बढी अफगानी

इस्लामबाद- पाकिस्तानमा गैरकानुनी रूपमा बसेका अफगान नागरिकहरूको फिर्ताको प्रक्रिया जारी छ ।
समाचार अनुसार २० मार्चसम्म ८ लाख भन्दा बढी अफगानीहरूलाई उनीहरूको देश फिर्ता भइसकेका छन ।
एक अधिकारीले दिएको जानकारी अनुसार पाकिस्तान सरकारले ३१ मार्चको समयसीमा तोकेको छ, जस अन्तर्गत अवैध रूपमा बस्ने र अफगान नागरिक कार्ड धारकहरूलेसमेत पाकिस्तान छोड्नु पर्नेछ।
जस अन्तर्गत पाकिस्तानबाट हालसम्म ८ लाख ७४ हजार २८२ अफगानीलाई फिर्ता पठाइ सकिएको छ । आतंकवादसँग सम्बन्धित चिन्ताका कारण सरकारले यो कदम चालेको हो।
पाकिस्तानी अधिकारीले यस प्रक्रियामा कसैलाई पनि दुर्व्यवहार नगर्ने आश्वासन दिए। अफगानिस्तान फर्किन लागेका नागरिकका लागि खाना र स्वास्थ्य सुविधाको व्यवस्था पूरा भएको बताए । अधिकारीले तोकिएको समयसीमा पछि पाकिस्तानमा गैरकानुनी रूपमा बस्ने मानिसहरूलाई कडा कानुनी कारबाही गरिनेसमेत जनाएका छन ।
यसैबीच, अफगानिस्तानका विदेशमन्त्री आमिर खान मुत्ताकीले पनि गत बिहीबार पाकिस्तानलगायत विश्वका अन्य देशका अफगान शरणार्थीहरूलाई क्रमशः स्वदेश फिर्ता गर्न आह्वान गरिसकेका छन्।

जापानमा पहिलो छ महिनामा दुई करोड १५ लाख पर्यटक

कोरियामा प्रश्नपत्र चोरी गरेको आरोपमा शिक्षिका र अविभावक पक्राउ
बेलायतको मुद्रास्फीति दर पुनः उकालो, खाद्यान्न र यातायात महँगियो
चीनमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी दरमा उल्लेखनीय वृद्धि

गाजा वार्ता अवरुद्ध, इजरायली सैनिक फिर्ता अझै अनिश्चित

अफगानिस्तानमा सडक दुर्घटनामा ११ जनाको मृत्यु, चार घाइते

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा १०० प्रतिशत कर लगाउँछौँ : ट्रम्प

प्रतिक्रिया