मनाङको फू गाउँमा सशस्त्रको 'बिओपी' राखिने
_32vAk5lFJj_jqwwi6xh92lberz5ytpxahxkr5hlxgxcue7ezn9d3lryxvivdjj5x0jvv8cs_rpi2m1YIi0_bswwvbouic89q2mdfimms7qcsorrflcswuydofojmvhkd4zjunv3msuz107e.jpg)
मनाङ- हिमाली जिल्ला मनाङ र चीनको सिमानामा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिने भएको छ । सीमा नाका निर्धारण गर्ने उद्देश्यले नार्पाभूमि गाउँपालिकामा बीओपी स्थापना गरिने भएको हो ।
नार्पाभूमि गाउँपालिका–४ फू गाउँमा बिओपी स्थापना गरिने जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । समुद्री सतहदेखि करिब चार हजार मिटर उचाइमा बिओपी स्थापना गर्न लागिएको हो ।
प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले सीमामा सहजता र सुरक्षाका लागि बिओपी स्थापना गर्न लागिएको बताए । उनले बिओपी स्थापनाका लागि २० रोपनी जग्गा दीर्घकालीन रुपमा भाडामा सशस्त्र प्रहरीलाई उपलब्ध गराइएको जानकारी दिए । सरकारी जग्गा आवश्यकता अनुसार सशस्त्र प्रहरीले उपयोग गर्ने गरी भाडामा जग्गा उपलब्ध गराइएको प्रजिअ आचार्यले बताए ।
जग्गा भाडाको प्रमाणपत्र सशस्त्र प्रहरी बल नं. ३२ का गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक हिराबहादुर जिसीलाई एक कार्यक्रमबीच बिहीबार हस्तान्तरण गरिएको छ । “फू क्षेत्र मनाङको विकट क्षेत्र हो । हालसम्म सडक सञ्जाल समेत नपुगेकाले बिओपी स्थापनापछि सीमा सुरक्षा तथा निगरानीका साथै अन्तरदेशीय अपराध नियन्त्रण प्रभावकारी हुने अपेक्षा गरिएको छ”, प्रजिअ आचार्यले भने ।
बिओपीमा प्रहरी निरीक्षकसहित ३५ जना सशस्त्र प्रहरी खटाइनेछ । प्रजिअ आचार्यले नार्पाभूमि गाउँपालिकासँग समन्वय गरेर अघि बढ्ने र जतिसक्दो छिटो बिओपी गरिने बताए । उनले बिओपी स्थापना पछि शान्ति सुरक्षा, विपद व्यवसथापन तथा लेक लागेर बिरामी हुने पर्यटकको उद्धारमा थप प्रवभाकारी हुने अपेक्षा गरिएको बताए । नार्पाभूमि चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको पालिका हो । फू गाउँ पुग्न सदरमुकाम चामेबाट दुई दिन लाग्दछ । रासस
दूध र मह बिक्रीबाट मनग्य आम्दानी
_5etF0NShEN_vcu6u2yo5gykpqtafmdad6fwetenaeit9vdaiqj8lm01tlrfpfy9p51lesks_jDwdSSG6aY_l60cpdmlheauhwobri4vypqtkamokjmyf0lb2rtbifirmim5x2uhubs5viki.jpg)
राष्ट्रिय रोजगार कार्यक्रममार्फत पदमार्ग र पोखरी निर्माण

भूमिहीनलाई लालपुर्जा वितरण

४० लाखको लागतमा ग्रामीण खानेपानी आयोजना

चिसापानी–देउराली–बानीडाँडा सडक धमाधम कालोपत्र हुँदै

प्रभावकारी बन्दै ‘सिक्दै कमाउँदै’ कार्यक्रम

प्याराग्लाइडिङ दुर्घटनामा परेका चार जनाको सकुशल उद्धार

प्रतिक्रिया