'गाजामा नयाँ तनाव देखिनु निराशाजनक’

बैङ्कक- गाजामा युद्ध पुनः भड्किनु ‘निराशजनक’ भएको बताउँदै थाइल्याण्डले एक थाइ नागरिकसहित बन्धकहरूको रिहाइको माग गरेको छ ।
गत जनवरी १९ मा भएको युद्धविरामपछिको शान्ति भङ्ग भएपछि इजरायलले मङ्गलबारदेखि युद्धग्रस्त क्षेत्रमा नयाँ आक्रमण सुरु गरेको छ ।
हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार गत जनवरीमा युद्धविराम लागू भएयताको अहिलेसम्मकै सबैभन्दा घातक आक्रमणमा परी ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
थाइल्याण्डको विदेश मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गाजा क्षेत्रमा शत्रुताको पुनरागमनप्रति थाइल्याण्ड निकै चिन्तित र निराश छ ।”
दक्षिणपूर्वी एशियाली राष्ट्रले सबै पक्षलाई पूर्ण संयम अपनाउन, शत्रुता अन्त्य गर्न र युद्धविराम र बन्धक सम्झौता कार्यान्वयनका लागि वार्ता पुनः सुरु गर्न आग्रह गरेको छ ।
थाइल्याण्डले गाजामा रहेका एक जना थाइसहित बाँकी बन्धकहरूको रिहाइ र दुई जना थाई नागरिकको शव फिर्ता गर्न माग गरेको छ ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्दा ३१ जना थाईनागरिकको अपहरण गरिएको थियो, जसमध्ये २३ जनालाई सोही वर्षको अन्त्यसम्ममा रिहा गरिएको थियो भने मे महिनामा दुई जनाको मृत्यु भएको पुष्टि भएको थियो ।
जनवरीमा भएको युद्धविरामको एक भागको रूपमा फेब्रुअरीमा अपहरणमा परेका थप पाँच थाईहरू घर फर्केका थिए । एक थाई नागरिक अझै गाजामा जीवित रहेको विश्वास गरिएको छ। (एएफपी)

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया