उपचारात्मकभन्दा रोकथामका उपायमा अधिक जोड दिनुपर्छ : यादव पूर्वराष्ट्रपति

काठमाडौँ- पूर्वराष्ट्रपति डा. रामवरण यादवले रोग लाग्न नदिन उपचारात्मकभन्दा पनि रोकथाममा बढी जोड दिनुपर्ने बताएका छन् ।
उहाँले रोगबाट बच्न स्वस्थ्य जीवनशैली र अपनाउन जरुरी रहेको भन्दै त्यसका लागि चेतना फैलाउनुपर्नेमा जोड दिए ।
स्वास्थ्य दर्पण मिडिया नेटवर्कको नवौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले भने, “रोग रोकथाममा अझै पनि सोचेजति काम गर्न सकेका छैनौँ । स्वस्थ्य रहनसहन अपनाउन जरुरी छ । अस्वस्थ्य जीवनशैलीले नै रोग निम्तिएका छन् । जनतालाई सचेत गराउन सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ ।”
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्लेले भने, “गलत खाना नै रोगको कारक हो । स्वस्थ्य रहन जीवनशैलीमा परिवर्तन ल्याउनैपर्छ ।”
त्यस अवसरमा ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८१’ बाट १४ जना चिकित्सक, पाँच जना स्वास्थ्कर्मी, एक जना सञ्चारकर्मी र चार वटा संस्थालाई सम्मान गरिएको थियो ।

स्वर्णिम वाग्लेको प्रश्न : दक्षिण एशियाली सपना कोमामा छ, ब्यूँताउने हो कि मर्न द…

कांग्रेस बैठकमा देउवाको ब्रिफिङ : गभर्नर नियुक्ति चाँडै हुन्छ

भारतको पक्षमा उभियो कांग्रेस, भन्यो- आतंकवादको खिलापमा हुने कारबाहीलाई जायज…

राप्रपा प्रवक्ता श्रेष्ठको प्रश्न : रविन्द्र थुनिने, मन्त्री प्रकाशमानकी दिदी पक्राउ …
प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

कांग्रेस पदाधिकारी बैठक बस्दै

गृहमन्त्री लेखकसँग भाजपा नेता कोश्यारीको शिष्टाचार भेट

प्रतिक्रिया