अन्तर्राष्ट्रिय फुटबलमा लामो समय अपराजित हुने टिमहरू

काठमाडौँ : युरो २०२० को फाइनलमा विजयी बनेसँगै इटालीको अपराजित यात्रा ३४ खेलसम्म पुगेको छ । इटालीले १० सेम्टेम्बर २०१८ यता कुनै पनि खेल हारेको छैन । रोबर्टो मान्सिनीको प्रशिक्षणमा इटालियन टोलीले आफ्नो इतिहासमै नयाँ कीर्तिमान राखेको छ ।
हालै युरो जितेको इटालीले आठ दशक अगाडिको आफ्नो कीर्तिमान भंग गरेको हो । सन् १९३५ देखि १९३९ को अवधिमा इटाली ३० खेलसम्म अपराजित रहेको थियो । त्यसबखत इटालीका प्रशिक्षक थिए, भिटोरियो पिज्जी । जसको नेतृत्वमा इटालीले दुई पटक विश्वकप जित्यो भने ओलम्पिकको पुरुष फुटबलमा स्वर्ण पदक हात पार्यो ।
आफ्नै पुरानो कीर्तिमान भंग गरेको अहिलेको इटालियन टिम विश्व कीर्तिमानको पनि नजिक छ । अब एक खेल जिते इटालीले ब्राजिल र स्पेनले राखेको कीर्तिमान बराबरी गर्नेछ । सन् १९९३ देखि १९९६ सम्म ब्राजिल ३५ खेलमा अपराजित रहेको थियो । त्यसैगरी, सन् २००७ र २००९ को बीचमा स्पेन पनि लगातार उति नै खेलमा अपराजित रह्यो । अन्तराष्ट्रिय फुटबलमा अल्जेरियाले पनि लामो समयदेखि हार व्यहोरेको छैन । उत्तर अफ्रिकाको टोलीले पछिल्ला २७ खेल हारेको छैन ।
लामो समय अपराजित रहने टिम
ब्राजिल, ३५ खेल (सन् १९९३-१९९६)
स्पेन, ३५ खेल (सन् २००७-२००९)
इटाली, ३४ खेल (सन् २०१८-हालसम्म)
अर्जेन्टिना, ३१ खेल (सन् १९९१-१९९३)
इटाली, ३० खेल (सन् १९३५-१९३९)
फ्रान्स, ३० खेल (सन् १९९४-१९९६)
अल्जेरिया, २७ खेल (सन् २०१८-हालसम्म)
पश्चिम जर्मनी, २३ खेल (सन् १९७८-१९८१)
फ्रान्स, २३ खेल (सन् २०१०-२०१२)

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया