यमनी विमानस्थलमा अमेरिकी आक्रमण : हुथी
साना- संयुक्त राज्य अमेरिकाले शनिबार होडेइडाको विमानस्थलमा आक्रमण गरेको यमनी सञ्चारमाध्यमले हुथी स्रोतलाई उद्धृत गरी जनाएका छन् ।
हुथी निकट अल–मसिराह टिभीले ‘अमेरिकी आक्रामकता’लाई दोष दिँदै रेड सीको तटमा रहेको होडेइडास्थित विमानस्थललाई लक्षित गरी तीनवटा आक्रमण भएको जनाएको छ ।
बुधबार संयुक्त राज्य अमेरिकाको सेन्ट्रल कमान्डले विद्रोहीविरुद्ध ‘निरन्तर कारबाही’ भइरहेको पुष्टि गरेपछि इरान समर्थित विद्रोहीको टेलिभिजन च्यानलले बुधबार र शुक्रबार यस्तै आरोप लगाएको थियो ।
मार्च १५ मा संयुक्त राज्य अमेरिकाले हवाई आक्रमणको एक श्रृङ्खलाको घोषणा गरेको थियो जसमा अधिकारीहरूले वरिष्ठ हुथी नेताहरूसहित ५३ जनाको मृत्यु भएको विद्रोहीहरूको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
विद्रोहीहरूले इजरायली पानीजहाजमा पुनः आक्रमण गर्ने धम्की दिएपछि र ट्रम्पले कार्यभार सम्हालेपछि पहिलो पटक अमेरिकाको यो आक्रमण भएको हो । (एएफपी)

जापानमा पहिलो छ महिनामा दुई करोड १५ लाख पर्यटक

कोरियामा प्रश्नपत्र चोरी गरेको आरोपमा शिक्षिका र अविभावक पक्राउ
बेलायतको मुद्रास्फीति दर पुनः उकालो, खाद्यान्न र यातायात महँगियो
चीनमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी दरमा उल्लेखनीय वृद्धि

गाजा वार्ता अवरुद्ध, इजरायली सैनिक फिर्ता अझै अनिश्चित

अफगानिस्तानमा सडक दुर्घटनामा ११ जनाको मृत्यु, चार घाइते

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा १०० प्रतिशत कर लगाउँछौँ : ट्रम्प

प्रतिक्रिया