डेनमार्कलाई हराउँदै पोर्चुगल सेमिफाइनलमा

काठमाडौँ- डेनमार्कलाई दोस्रो लेगमा ५–२ ले हराउँदै पोर्चुगल युरोपियन नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पहिलो लेगमा घरेलु मैदानमा डेनमार्क १–० ले विजयी भएको थियो । लिस्वनमा भएको दोस्रो लेगमा पोर्चुगल ५–२ ले विजयी हुँदै भब्य रूपमा कमब्याक गर्न सफल भयो ।
समग्रमा टिम ५–३ ले विजयी हुँदै सेमिफाइनलमा जर्मनीसँगको भेट पक्का गरेको छ । अर्को सेमिफाइनलमा फ्रान्स र स्पेन प्रतिस्पर्धा गर्नेछन् ।
पोर्चुगलको जितमा फ्रान्सिस्को ट्रिन्काओले दुई तथा कप्तान क्रिष्टियानो रोनाल्डो र गोन्कालो रामोसले समान एक गोल गरेका थिए । कप्तान रोनाल्डो भने खेलको छैटौं मिनेटमै पेनाल्टीमा गोल गर्न पनि चुकेका हुन् ।
आइतबार राति नै भएको खेलको पेनाल्टीमा जित निकाल्दै फ्रान्स र स्पेन सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया