इटाली क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ- इटाली युरोपियन नेसन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको छ ।
दोस्रो लेगमा जर्मनीसँग ३–३ को बराबरी खेलेपनि इटाली बाहिरिनु परेको हो ।
पहिलो लेगमै टोली जर्मनीसँग घरेलु मैदानमा २–१ ले पराजित भएको थियो । आइतबार भएको खेलपछि समग्रमा इटाली ५–४ ले पछि परेको थियो ।
जर्मनीको सिंगल इदुना पार्कमा ६५ हजार समर्थकमाझ घरेलु टिमले पहिलो हाफमै ३–० को अग्रता लिएको थियो । जर्मनीको लागि जोसुआ किमिच, जमल मुसियला र टिम क्लेइन्डेन्सटले गोल गरेका हुन् ।
दोस्रो हाफमा इटालीले तीनै गोल फर्काएको थियो । मोइस केनले दुई गोल गरे । जिआकोमो रासपाडोरीले इन्जुरी समयमा एक गोल फर्काए पनि टोली सेमिफाइनल पुग्न असफल भएको थियो ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया