शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

२२ वर्षको युवासँगको सम्बन्धले मन्त्रीले दिनुपर्‍यो राजीनामा

काठमाडौँ- आइसल्याण्डकी मन्त्री अस्थिल्डुर लोआ थोर्सडोटिरले आफ्नो पदबाट राजीनामा दिनु परेको छ ।

यसको राजीनामाका पछाडी एक २२ वर्षको उमेरमा अवैध सम्बन्ध भएको केटाको कारण थियो । मन्त्रीले २३ बर्षको उमेरमा गर्भवती भइन् र गोप्य बच्चालाई जन्म दिइन्।

यो ३६ वर्षअघि २२ वर्षको उमेरमा मन्त्री अस्टिल्डर लोआ थोर्सडोटिरको आफूभन्दा कान्छो केटासँग सम्बन्ध भएको थियो । २३ वर्षको उमेरमा उनले बच्चा जन्माएकी थिइन् । यो खुलासापछि अहिले ५८ वर्षीय मन्त्री थोरासदोत्तिरले पदबाट राजीनामा दिएकी छिन् ।

मिडिया रिपोर्टका अनुसार मन्त्रीसँग सम्बन्ध राख्ने केटाको नाम एरिकुर अस्मुन्डसन हो । एरिकुर अस्मुन्डसनले आरोप लगाए कि उनले आफ्नो छोरालाई भेट्ने प्रयास गरेका थिए तर थोर्सडोटिरले उनलाई भेट्न दिएनन्। छोराको जन्म हुँदा उनी पनि अस्पतालमै थिए । तर, उनीहरुको सम्बन्ध लामो समय टिक्न भने सकेन ।

मन्त्री थोर्सडोटिरले एरिकुर आस्मन्डसनको आरोपलाई स्पष्ट रूपमा अस्वीकार गरेका छन । उनले आफू पहिलेको जस्तो नरहेको र अहिले कुरालाई फरक ढंगले लिन्छिन् भन्दै आफ्नो बचाउ गरेकी छिन् । यो पहिलेको समय भएको भए, सायद उनले परिस्थितिलाई फरक तरिकाले ह्यान्डल गर्ने थिए तर धेरै समय बितिसकेको छ ।