आफुभन्दा ३१ वर्ष कान्छी हिरोइनबारे मुख खोले सलमानले

मुम्बई- यतिबेला सलमान खान आफ्नो आगामी फिल्म ‘सिकन्दर’लाई लिएर चर्चामा रहेका छन् । मार्च २३ मा रिलिज भएको यस फिल्मको ट्रेलरलाई मानिसहरूले निकै रुचाएका छन् । ट्रेलर सार्वजनिक भएसँगै यो फिल्मका लागि फ्यानहरू उत्साहित भएका छन् ।
यो फिल्ममा सलमानको अपोजिटमा रश्मिका मन्दाना देखिँदैछिन् । अब सलमानले रश्मिका मन्दानासँग आफ्नो उमेरको अन्तरको कुरा गरेका छन् ।
सलमान खान ५९ वर्ष र रश्मिका २८ वर्षकी भइन् । दुवैको उमेरमा ३१ वर्षको अन्तर छ । कतिपयले यो उमेरको अन्तरलाई लिएर सामाजिक सञ्जालमा नकारात्मक कुरा लेखिरहेका छन् । अब सलमानले ती मानिसहरूलाई जवाफ दिएका छन्। ट्रेलर सार्वजनिक कार्यक्रममा सलमानले यस विषयमा कुरा गरेका थिए ।
सलमान खानले भने, ‘उनीहरू भन्छन् म र हिरोइनमा ३१ वर्षको फरक छ । अरे, जब हिरोइनलाई कुनै समस्या छैन । हिरोइनको बुवालाई कुनै समस्या छैन । तिमीलाई किन समस्या छ भाई ? यदि उनीहरूले बिहे गरेर बच्चा जन्माए भने हामी उनीहरूसँग पनि काम गर्नेछौं, म आमाको अनुमति पक्कै लिनेछु ।’ त्यस क्रममा रश्मिका मन्दाना पनि स्टेजमा थिइन् र सलमानको कुरा सुनेर मुस्कुराइ रहेकी थिइन् ।
यस फिल्ममा सलमान खान र रश्मिका मन्दानाका साथै काजल अग्रवाल, सत्यराज र शरमन जोशी पनि देखिने छन् । एआर मुरुगादासको निर्देशनमा बनेको यो फिल्म इदको अवसरमा मार्च ३० मा हलमा रिलिज हुँदैछ ।
सलमानका साथी र नाडियाडवाला ग्रान्डसन इन्टरटेनमेन्ट कम्पनीका मालिक साजिद नाडियाडवालाले यो फिल्म निर्माण गरेका हुन् । ट्रेलर सार्वजनिक कार्यक्रममा साजिद र मुरुगादास पनि उपस्थित थिए।
सलमान खानका सबै फ्यानहरू उनको फिल्मको प्रतिक्षामा छन् । किनभने उनी लामो समयपछि फिल्म लिएर आउँदैछन् । यसअघि उनी अन्तिम पटक नोभेम्बर २०२३ मा रिलिज भएको फिल्म ‘टाइगर ३’ मा देखिएका थिए ।

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री, भेटपछि यसो भन्छिन् एलिना

गायिका एलिना चौहान साइबर ब्यूरोमा, भन्छिन्ः चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन

विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध

प्रतिक्रिया