'गिनिज बुक अफ वर्ल्ड' मा नाम लेखाएको विश्वको सबैभन्दा सानो बाख्रा

काठमाडौँ- विश्वको सबैभन्दा सानो बाख्रा केरलाका एक किसानको स्वामित्वमा रहेको छ ।
यो बाख्रालाई विश्वको सबैभन्दा सानो जिवित बाख्राको रुपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा दर्ता गरिएको छ ।
यसको मालिक पिटर लेनुलाई थाहा थियो कि उनको बाख्रा ‘करुम्बी’ एकदम सानो छ । जब मानिसहरूले उनलाई गिनिज बुकमा नाम दर्ता गराउन सुझाव दिए, उनले प्रक्रिया अगाडि बढाए । गिनिज बुकका अनुसार बाख्राको जन्म सन् २०२१ मा भएको थियो । पूर्ण रूपमा विकसित भइसकेपछि पनि उसको उचाइ १ फिट ३ इन्च मात्र छ । बाख्रा क्यानेडियन पिग्मी प्रजातिको हो, जसमा आनुवंशिक बौनापन छ ।
यी बाख्राको खुट्टा सामान्यतया २१ इन्च भन्दा बढि हुँदैन । पिटर लेनुले गाई, खरायो, कुखुरा र हाँस पनि पालेका छन् । पिटर लेनुको यो बाख्रा अहिले ब्याउनी छ । सोचिएका छ कि उसका पाठापाठी पनि उ जस्तै हुनेछ । उनीहरूले नयाँ कीर्तिमान पनि बनाउन सक्छन् । पिटरले भने 'कारुम्बी धेरै मिलनसार छे ।'
जब पिटरले बाख्राको नाम गिनिज बुकमा दर्ता गर्ने सल्लाह पाए, उनले यसलाई पशु चिकित्सक कहाँ लगेका थिए । कारुम्बीको उचाइ र स्वास्थ्य परीक्षण गरिएको थियो । जब यो पुष्टि भयो कि उनी पूर्ण रूपमा बढेको तर छोटो कदको छ, त्यसपछि गिनिज बुकका प्रतिनिधिहरूलाई सम्पर्क गरियो । र अन्तत, यस बाख्राको नाम ‘गिनिज बुक अफ वर्ल्ड’ रेकर्डमा दर्ता भयो । सो दर्ता भएपछि बाख्रा हेर्न पिटरको घरमा भीड लाग्न थालेको छ ।
धेरैले यो बाख्रासँग सेल्फी लिन्छन् भने कोहीले भिडियो पनि बनाउँछन् र सामाजिक सञ्जालमा हाल्छन् । बाख्राका मालिक पिटर भन्छन् ‘अब हामी यसबाट बच्चा जन्मिने पर्खाइमा छौं ।’

जापानमा पहिलो छ महिनामा दुई करोड १५ लाख पर्यटक

कोरियामा प्रश्नपत्र चोरी गरेको आरोपमा शिक्षिका र अविभावक पक्राउ
बेलायतको मुद्रास्फीति दर पुनः उकालो, खाद्यान्न र यातायात महँगियो
चीनमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी दरमा उल्लेखनीय वृद्धि

गाजा वार्ता अवरुद्ध, इजरायली सैनिक फिर्ता अझै अनिश्चित

अफगानिस्तानमा सडक दुर्घटनामा ११ जनाको मृत्यु, चार घाइते

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा १०० प्रतिशत कर लगाउँछौँ : ट्रम्प

प्रतिक्रिया