एमालेका पत्रकारले उम्मेदवारी दिँदा कसले कति तिर्नुपर्ने?

काठमाडौं - एमाले पार्टीनिकट पत्रकारहरूको संगठन प्रेस चौतारीको दसौं महाधिवेशन विराटनगरमा चलिरहेको छ। आइतबारबाट सुरू एमाले पत्रकारहरूको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ।
यसैबीचमा निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। जसमा मतदानको समय नै छैन। एमालेका पत्रकारहरूको उम्मेदवारको शुल्क निर्धारण सार्वजनिक गरिएको छ।
पार्टीको बचाऊमा कार्यकर्ताभन्दा बढी सक्रिय रहने चौतारीको अध्यक्षका लागि उम्मेदवारी दिँदा ३५ हजार तिर्नुपर्छ। यस्तै, पदाधिकारीले २५ हजार, आयोगका अध्यक्षले १५ हजार र केन्द्रीय सदस्य तथा आयोगका सदस्यहरूले १० हजार रुपैयाँ तिर्नुपर्ने छ। निर्वाचन परिणाम अपराह्न साढे ४ बजे घोषणा गरिने कार्यतालिका छ। निर्वाचनको कार्यक्रम विराटनगरको होटल मनास्लुमा राखिएको छ।

राशिफलमा यस्तो हुनेछ आज तपाईंको भाग्य

तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

११ विधामा उत्कृष्ट इञ्जिनियरलाई सम्मानसहित पुरस्कृत गरिँदै, आवेदनकाे आज अन्तिम…

भोजपुरको धोद्नेखानीमा एकापरिवारका चार जनाको हत्या

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

कालीगण्डकीमा स्नान गर्नेको घुँइचो

प्रतिक्रिया