संक्रमणकालिन न्यायको बिषय टुंग्याउन सर्च कमिटी गठन गरिने

तीन दलको शीर्ष नेताहरुको बैठकमा संक्रमणकालीन न्याय निरुपणको काम टुंग्याउन सर्च कमिटी गठन गरिने भएको छ। सिंहदरबारमा बसेको तीन दलका शीर्ष नेताको बैठकमा आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिबारे छलफल भएको र सो छलफलले सर्च कमिटी गठन गर्न सहमति भएको बैठकमा सहभागी एमाले स्थायी कमिटी सदस्य वरिष्ठ अधिवक्ता अग्नि खरेलले जानकारी दिए ।
‘बेपत्ता पारिएका व्यक्तिहरुको छानविन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ३ को उपदफा ३ बमोजिम दुवै आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिको लागि सिफारिस समिति सर्च कमिटी गठन प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्रीले दुवै दलका नेताहरुसँग परामर्श गर्नुभयो । र परामर्श अनुसार सिफारिस समिति बढाउने प्रक्रिया अघि बढ्ने भएको छ,’ बैठक पछि उनले भने ।
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका बारेमा निर्णय लिनका लागि तीन दलका शिर्ष नेताको बैठक बसिरहेको हो ।
संक्रमणकालिन न्याय सबन्धी प्रक्रिया अघि नबढीरहेको बेलामा यो बैठक आब्हान भएको थियो । बैठकमा नेकपा एमालेका तर्फवाट प्रधानमन्त्री ओली र कानुनी सल्लाहकार अग्निप्रसाद खरेल, कांग्रेसबाट सभापति देउवा र गृह मन्त्री रमेश लेखक तथा माओवादीवाट अध्यक्ष प्रचण्ड, शक्ति बस्नेत, खिमलाल देवकोटा सहभागी रहेका थिए ।

संसद् आजैदेखि खुल्छ, किन खुल्यो भन्नेबारे भिडियोबाट जानकारी दिन्छु : गगन थापा

भिजिट भिसा प्रकरण : उद्योग समितिको बैठकमा झण्डै हात हालाहाल (भिडियोसहित)

अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्री ओलीको आग्रह

देशमा करिब ५० वर्षको आन्तरिक माग व्यवस्थापन गर्न सक्ने खनिज पदार्थ छ : उपप्रधानम…

जब प्रधानमन्त्री ओलीको गला अवरुद्ध भएर आँखा रसाए...

प्रतिनिधिसभा बैठक बस्दै
७ मतले अखिलको अध्यक्षमा सुजन कडरिया विजयी

प्रतिक्रिया