तरहरामा कविता प्रतियोगिता हुँदै

काठमाडौँ- इटहरीमा राष्ट्रव्यापी कविता प्रतियोगिता हुने भएको छ । इटहरी उपमहानगरपालिकाको २० तरहरामा रहेको श्री जनसहयोग माध्यमिक विद्यालयको २०५० समूहका विद्यार्थीले कवि नारायणप्रसाद पौडेलको स्मृतिमा उक्त प्रतियोगिताको आयोजना गर्ने भएको हो ।
समूहको घोषणाअनुसार प्रतियोगितामा प्रथम हुने कविताले प्रमाणपत्रसहित ५१ हजार एक सय राशि पुरस्कार स्वरूप प्राप्त गर्नेछ । त्यस्तै, द्वितीय, तृतीय र प्रोत्साहन पुरस्कार स्वरूप प्रमाणपत्रसहित क्रमशः ४१ हजार एक सय, ३१ हजार एक सय र ११ हजार एक सय (दुई जना) लाई प्रदान गरिने छ ।
त्यस्तै, उत्कृष्ट दशमा रहने अन्य पाँच जनालाई प्रमाणपत्रसहित जनही ५ हजार एक सय प्रदान गरिनेछ ।
देश तथा विदेशमा रहेका नेपालीभाषाका कविहरूलाई यस प्रतियोगितामा सहभागी हुन समूहले आह्वान गरेको छ । प्रतियोगितामा सहभागी हुन चाहने कविहरूले वि.सं. २०८१ चैत्र मसान्तभित्र आफ्नो [email protected] मा रचना पठाइसक्नु पर्नेछ ।

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री, भेटपछि यसो भन्छिन् एलिना

गायिका एलिना चौहान साइबर ब्यूरोमा, भन्छिन्ः चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन

विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध

प्रतिक्रिया