सिटी एक्सप्रेसको ‘१८औँ वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा’ योजनाको उपहार हस्तान्तरण

काठमाडौँ- सिटी एक्सप्रेस मनि ट्रान्सफरले काठमाडौँ कमलादीस्थित आफ्नै कार्यलय भवनमा ‘१८ औँ वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा’योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीले सोमबार आयोजित गरेको एक विशेष कार्यक्रममा नेपाली चर्चीत हास्य कलाकार साथै सिटी एक्सप्रेस मनि ट्रान्सफरका ब्राण्ड एम्बेसडर जितु नेपालको उपस्थितिमा उक्त योजनाको उपाहार हस्तान्तरण गरिएको हो ।
कोरियाबाट निराजन ढकालले जि मनि ट्रान्स मार्फत यहाँ सिटी एक्सप्रेसमा आमा निर्मला तिवारीलाई रेमिटान्स पठाउदा ‘१८औँ वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा’योजना अन्तर्गत आफुले पठाएको रकमको १८ गुणा गरी ७ लाख ५४ हजार ३६२ जित्न सफल भएका थिए ।
कम्पनीले उक्त रकम तिवारीकी आमा निर्मला तिवारीलाई हस्तान्तरण गरिएको जनाएको छ ।
सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना २ जनालाई सामसुङको स्मार्ट फोन, हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टिभीका साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरुलाई जनही रु ५०० को सिटी पे वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको थियो ।
जसअन्तर्गत १६२० जनाले दैनिक उपहार ( रु ५०० को वालेट टप् अप) , २४ जनाले साप्ताहिक उपहार (सामसुङको स्मार्ट टि भी ) र ६ जनाले मासिक उपहार (सामसुङको स्मार्ट फोन) जित्न सफल भईसकेका छन् ।
सोही कार्यक्रममा सिटी एक्सप्रेस मनि ट्रान्सफरले २०८२ सालको क्यालेन्डर पनि सार्वजनिक गरेको छ । हरेक बर्ष नयाँ नयाँ बिषय वस्तुलाई समावेश गरेर क्यालेन्डर प्रकाशन गर्ने सिटी एक्सप्रेसले यस बर्ष भने आर्थिक सम्बृद्धीको बिषय वस्तुमा क्यालेन्डर तयार पारेको छ ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १८ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ ।

सुनको मूल्य प्रतितोला ११ सयले बढ्यो

हुलदङ्गाले भएका क्षतिको बीमा दाबी शिघ्र फर्छ्यौट गर्न निर्देशन

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

कजारियाको नयाँ सोरुम सहिद चोक, धनगढीमा विराज भट्टले गरे उद्घाटन

एमच्याम नेपाल र परिसंघको सहकार्यमा अमेरिकामा टेक पीक नेपालः ओर्लान्डो सम्पन्न

नेप्से परिसूचक २९ अङ्कले बढ्यो

वैद्य इनर्जी एथरको ट्र्याक्सन कन्ट्रोलसहित ४५० एक्स र ४५०एस ल्याउँदै

प्रतिक्रिया