सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

१ करोड ४९ लाखको बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

काठमाडौं - बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं-३१ घर भई हाल बुढानिलकण्ठ नगरपालिका-४ बस्ने ४० वर्षीय विजय लम्साल रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लम्साललाई आइतबार काठमाडौं-२ लाजिम्पाटबाट पक्राउ गरेको हो । खगेन्द्रबहादुर सोपले उनीविरूद्ध बैंकिङ कसुरको मुद्दा दर्ता गराएका थिए। १ करोड ४९ लाख ५० हजार रुपैयाँ बराबरको बैंकिङ कसुरको मुद्दा दर्तापछि उनी फरार थिए।

लम्सालको नाममा अन्य प्रहरी कार्यालयहरूमा समेत चार वटा मुद्दा दर्ता छन्।