राप्रपाले आज आन्दोलनका कार्यक्रम तय गर्ने, समितिको बैठक बस्दै

काठमाडौँ- राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले आज आन्दोलनको कार्यक्रम तय गर्ने भएको छ ।
जसका लागि राप्रपाको आन्दोलन मुल समितिको बैठक आज बस्दैछ । मंगलबार बिहान ११:०० बजे धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा सो बैठक बस्नेछ ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार आजको बैठकमा आन्दोलन मूल समितिको बैठकमा आन्दोलनका प्रस्तावित कार्यक्रम पेश हुने र कार्ययोजनाको मस्यौदाका बारेमा छलफल हुनेछ ।
जुन कार्यक्रम र मस्यौदा हिजो बसेको पदाधिकारी बैठकले अनुमोदन गरेको थियो । जो आज आन्दोलन मुल समारोह समितिको बैठक पेश हुनेछ ।
गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पुर्व राजा ज्ञानेन्द्र शाहले देशवासीको नाम दिएको सन्देश तथा फागुन १५ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनको भब्य स्वागत भएपछि उत्साहित राजावादीहरू आन्दोलनका बिभिन्न मोर्चा बनाउने तयारीमै रहेको बेला यो आन्दोलनको परिष्कृत खाका तयार गर्न लागेका हुन् ।

चाक्सीबारीमा कांग्रेस संस्थापन पक्षका शिर्ष नेताको चियापान

पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले

पार्टीमा मतभेद नभएकाले एकताबद्ध भएर अगाडि बढ्न अध्यक्ष ओलीको निर्देशन

एमाले केन्द्रीय समिति बैठक बस्दै, भण्डारीको राजनीतिक सक्रियताबारे छलफल हुने

प्रधानमन्त्री ओली भारत भ्रमण जाँदै, तयारीमा जुट्यो परराष्ट्र

खानेपानीमन्त्री यादवद्वारा राति छड्के अनुगमन तथा निरीक्षण

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

प्रतिक्रिया