राजस्व सङ्कलन २७ प्रतिशतले वृद्धि

चितवन- आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षको तुलनामा यो वर्ष २१ दशमलव ४० प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । गत वर्षको फागुन मसान्तसम्मको राजस्वभन्दा यो २७ प्रतिशतले बढी हो ।
कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार यस वर्ष फागुन मसान्तसम्ममा रु १४ अर्ब ४६ करोड ६४ लाख राजस्व सङ्कलन भएको छ । गत वर्ष यसै अवधिमा रु ११ अर्ब ९१ करोड ६१ लाख राजस्व सङ्कलन भएको थियो ।
विभागले यस वर्ष रु १५ अर्ब ७० करोड १० लाख राजस्व सङ्कलनको लक्ष्य दिएकामा ९२ दशमलव १४ प्रतिशत राजस्व सङ्कलन भएको हो । विभागले गत वर्ष रु २७ अर्ब ९२ करोड ८७ लाख ४९ हजार राजस्व सङ्कलनका लागि लक्ष्य तोकेको थियो ।

झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगर

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

प्रतिक्रिया