दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

काठमाडौँ- आज दासत्व र ‘ट्रान्सएटलान्टिक’ दास व्यापारपीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस हो । सन् १८०७ मा संयुक्त अधिराज्यमा दास व्यापार उन्मूलन ऐन पारित भएको सम्झनामा सन् २००७ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन थालिएको हो ।
विशेषगरी अफ्रिकी मुलुकहरूबाट श्रमका लागि संयुक्त अधिराज्य, अमेरिकालगायत विकसित राष्ट्रले मानिसलाई दासका रूपमा काममा लगाएकाले त्यसको उन्मूलनका निम्ति उक्त ऐन पारित भएको सम्झना तथा सधैँ काममा जोतिनुपरेका ती श्रमिकको सम्मान एवं सम्झनामा यो दिवस मनाउन थालिएको हो ।
उक्त ऐनले कुनै पनि व्यक्तिलाई दासका रूपमा बेच्न, स्थानान्तरण, प्रयोग वा दासका रूपमा व्यवहार गर्न, खरिद बिक्री र विनिमयलाई पूर्ण रूपमा निषेध गरेको छ । संसारभरिका श्रमिकलाई ससम्मान पारिश्रमिकसहित काममा लगाउनुपर्नेमा यो दिवसले जोड दिएको छ ।
न्युयोर्कस्थित राष्ट्रसङ्घीय प्रधान कार्यालयमा आज एक कार्यक्रम हुँदैछ । कार्यक्रममा नोबेल पुरस्कार विजेता ओल सोइन्काले प्रवचन दिने कार्यक्रम छ ।

वीरगञ्ज बालसुधार गृहका बालकहरूले गरे खानेपानी र पङ्खाको माग गर्दै प्रदर्शन

चितवनमा १८ वटा भाषा भाषा प्रशिक्षण केन्द्र अनुमित बिना सञ्चालन

राजावादी आन्दोलनमा बितेका महर्जनको शव परिवारले बुझे, आजै पशुपतिमा अन्त्येष्टी

रेबिकालाई न्यायको माग गर्दै कोटेश्वर बहुमुखी क्याम्पसका बिद्यार्थीले गरे प्रदर्शन
_3uQmt3Ydnw_dz9gjrha9ygogt9ipeejo8rgccqigx32sagl8t5qwsijj6ialkgp4emr0r8o_xsel5xdjo6_h8aegsutnae3idjlngw7yliybkig8dizhgdumoyomucqcyblnoc3sio8kxe2.jpg)
चैत २५ देखि २९ गतेसम्म पौवाका सबै शाखामा ‘स्वाद उत्सव’

राशिफलमा यस्तो छ तपाईंको भाग्य

फरार रहेका दुर्गा प्रसाईले भनेः तिमीहरुको मलामी लिएर आउँदैछु,भ्रष्टाचारी हो

प्रतिक्रिया