भारतमा सांसदको तलब २४ प्रतिशतले बढ्यो, अब मासिक २ लाखभन्दा बढी

नयाँदिल्ली- भारत सरकारले सांसदहरुको तलबमा २४ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ ।
संसदीय मामिला मन्त्रालयले सोमबार जारी गरेको सूचनाअनुसार अब प्रत्येक सांसदले मासिक १ लाख २४ हजार भारतीय रुपैयाँ अर्थात १ लाख ९८ हजार नेपाली रूपैयाँबराबर तलब पाउने भएका छन् । यो तलब अप्रिल १ वाट लागु हुनेछ ।
यसका साथै सांसदलाई दिँदै आएको दैनिक भत्ता र पूर्व सांसदको पेन्सनमा पनि संशोधन गरिएको छ । र, अब सांसदहरू दैनिक भत्ता २ हजार देखी २५०० भारतीय रूपैयाँसम्म बढाइएको छ। जसअनुसार प्रत्येक सांसदको तलब अब मासिक २ लाख नेपाली रूपैयाँ भन्दा बढी हुने भएको छ ।
उता पूर्व सांसदहरूको पेन्सन प्रति महिना २५ सयबाट बढाएर ३१ सय भारतीय रूपैयाँ गरिएको छ भने अतिरिक्त निवृत्तिभरणमा पाँच वर्षभन्दा बढी सेवा गरेका पूर्व सांसदहरूले अब प्रत्येक अतिरिक्त वर्षको लागि प्रति महिना २५०० भारतीय रूपैयाँ पाउने छन् भने जुन पहिले २ हजार भारतीय रूपैयाँ मात्रै रहेको थियो।

चीनले बनाइरहेछ हरेक ५ दिनमा एक आणविक हतियार, विश्वमा छन् ९६०० हतियार

ट्रम्पद्वारा हार्वर्डमा नयाँ विदेशी विद्यार्थीका लागि भिसा प्रतिबन्ध

उत्तरी युक्रेनमा रुसी ड्रोन आक्रमण, पाँच जनाको मृत्यु
ट्रम्पको कर वृद्धिसँगै अप्रिलमा अमेरिकी व्यापार घाटा ह्वात्तै घट्यो

अमेरिका–चीन सम्बन्धको ‘मार्ग’ सच्याउन आवश्यकः चिनियाँ राष्ट्रपति

गाजामा इजरायली हमलामा १० जनाको मृत्यु

प्रतिक्रिया