सिरहामा १३ दिनदेखि हराएकी बालिकाको लाश बोराभित्र

सिरहा- सिरहामा दुई सातदेखि हराइरहेकी बालिकाको लास बोरामा प्याक गरेको अवस्थामा फेला परेको छ।
गोलबजार नगरपालिका- ९ गोविन्दपुरकी १३ वर्षीय गुलशना खातुनको लास बोराभित्र प्याक गरेको अवस्थामा घुर्मी खोलाको किनारमा झारिभित्र शव फेला परेको हो।
गुलशना खातुन गत फागुन २९ गतेदेखि हराइ रहेकी थिइन् । आज मंलवार फेला परेको लाश उनकै रहेको स्थानियहरुले आशंका गरिएको छ।
लाश गुलशना कै हो भनेर अहिले एकिन हुन नसकेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी पञ्चकुमार बाखुले जनाएको छ।
उनले भने, ‘हामी घटना स्थलमा छौ। घुर्मी खोलाकिनारमा बोराभित्र कङ्काल फेला परेको छ। सो कङ्काल गुलशाना कै हो भनेर यकिन गर्न पोस्टमार्टम गराउन पठाउने तयारी गरिरहेको बताए।’
स्थानीय सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत बालिका खातुन बिहान ९ बजे घर बाहिर निस्केकी थिइन् । त्यसपछि उनी कता र कहाँ गइन् केही पतो लागेको थिएन।
छोरी हराएपछि गुलशनाकी आमा जाहेदा खातुनले इलाका प्रहरी कार्यालय मिर्चैयामा चैत १ गते नै खोजतलास गरी दिन भनेर हुलिया निवेदन दिएको दिइन् ।

मापदण्डविपरीत सञ्चालित उद्योगमा कारबाही

धारिलो हतियार प्रयोग गरी बालिकाको हत्या

अनलाइन नागरिकता सिफारिस प्रणालीले घट्यो सेवाग्राहीको चाप
_j0pHGa9OqC_z0sfjwqxuvlbjkopkitgu6vlfl7hptuivphdr9h0ovej1ikmzzv055zyfep3_hlzwkuGxbm_rwbiqyckjxyyp3o8ghpaandfqmgbmhq6yyqmycj0snxoaqdjvt7scenpqzlg.jpg)
नेपाली सेनाद्वारा वीरगञ्जमा पानी वितरण

मधेशमा डिपबोरिङ जडान सुरु

स्रोत नखुलेको १० लाख नगदसहित भारतीय नागरिक पक्राउ

लहानस्थित खुट्टी नहर सञ्चालन गर्न माग

प्रतिक्रिया