रुसद्वारा ‘अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलसहितको’ सैन्य अभ्यास सुरु

मस्को- रुसी सेनाले अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलहरू समावेश गरेको सैन्य अभ्यास सुरु गरेको रुसी रक्षा मन्त्रालयले घोषणा गरेको छ ।
अभ्यासमा रूसको रणनीतिक रकेट निर्धारित प्रशिक्षण अभ्यासको एक हिस्साका रूपमा आणविक मिसाइल लन्चरहरू फिल्ड साइटहरूमा तैनाथ गरिने मन्त्रालयलाई उद्धृत गर्दै तास समाचार एजेन्सीले जनाएको छ ।
एजेन्सीका अनुसार ‘सेभरडलोभस्क र अल्टिया’ क्षेत्रहरूमा कमान्ड र स्टाफ अभ्यास सञ्चालन गर्ने निर्धारित गरिएको छ । यसमा ‘यार्स अन्तरमहाद्वीपीय’ ब्यालेस्टिक मिसाइल हस्तान्तरण गरिनेछ ।
सैन्य एकाइहरूले अभ्यासका क्रममा इन्जिनियरिङ सहयोग, विकिरण, रासायनिक र जैविक सुरक्षा कार्यहरू पनि गर्ने जनाइएको छ ।
‘यार्स’ मिसाइल आणविक हतियार बोक्न सक्षम भएको र यसलाई ढुवानी गर्न वा भूमिगत मिसाइल लन्चरहरूमा राख्न सकिने उल्लेख गरिएको छ । (क्युएनए)

जापानमा पहिलो छ महिनामा दुई करोड १५ लाख पर्यटक

कोरियामा प्रश्नपत्र चोरी गरेको आरोपमा शिक्षिका र अविभावक पक्राउ
बेलायतको मुद्रास्फीति दर पुनः उकालो, खाद्यान्न र यातायात महँगियो
चीनमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी दरमा उल्लेखनीय वृद्धि

गाजा वार्ता अवरुद्ध, इजरायली सैनिक फिर्ता अझै अनिश्चित

अफगानिस्तानमा सडक दुर्घटनामा ११ जनाको मृत्यु, चार घाइते

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा १०० प्रतिशत कर लगाउँछौँ : ट्रम्प

प्रतिक्रिया