सोमबार १८ चैत, २०८१
Monday, March 31, 2025

ओस्कार विजेता प्यालेस्टाइनी निर्देशकलाई इजरायलद्दारा पक्राउ

ओस्कार विजेता फिल्म ‘नो अदर ल्यान्ड’का प्यालेस्टिनी सह–निर्देशक हमदान बल्लाललाई इजरायलले कब्जा गरेको वेस्ट बैंकमा पक्राउ गरेको छ । उनलाई पक्राउ गर्नुअघि इजरायली जनताले उनी माथी कुटपिटसमेत गरेका थिए । उनका सहकर्मी युवल अब्राहमले एक पोस्टमार्फत उनको पक्राउका बारेमा जानकारी दिएका हुन् ।

यसबारे वकिल ली त्सेमेलले सुसिया गाउँमा फिल्म निर्माता हमदान बलालसहित तीन प्यालेस्टिनी नागरिकलाई पक्राउ गरिएको बताए । उनले प्रहरीसँग सम्पर्क गर्न नसकेको पनि बताएकी छिन । कसैले भने, उनलाई उपचारको लागि सैन्य सुविधामा हिरासतमा रहेको बताएको थियो। 

यो घटना आफूले आफ्नै आँखाले देखेको फिल्मका सह निर्देशक बेसल आद्राले बताए । उनले भने कि दुई दर्जन भन्दा बढी इजरायलीहरू प्यालेस्टाइनी बसोबास गर्नेहरू समुदायमा प्रवेश गरेका थिए । उनका अनुसार कसैले इजरायली वर्दी लगाएका थिए, कसैले राइफल बोकेका थिए र कसैले मास्क लगाएका थिए। सो क्रममा स्थानीयले ढुंगा प्रहार गरेका थिए । 

जब सैनिकहरूले प्यालेस्टिनी नागरिकहरूलाई आफ्नो हतियार देखाउँदै थिए। उनले अगाडी भने,  ‘हामी ओस्कारबाट फर्केका थियौँ र त्यसपछि हरेक दिन हामीमाथि नयाँ–नयाँ आक्रमण भइरहेको छ । सायद यो उनीहरुले हाम्रो फिल्म बनाउनुको बदला हुनसक्छ । यो हामीलाई सजाय जस्तो लाग्छ।’

इजरायली सेनाले यस मामिलामा इजरायली र प्यालेस्टिनी नागरिकहरू संलग्न रहेको ‘हिंसक झडप’ पछि इजरायली नागरिकलाई पक्राउ गरिएको दाबी गरेको छ। यससँगै ३ प्यालेस्टिनी नागरिक पक्राउ परेका छन् । जसविरुद्ध उनले सैनिकलाई ढुंगा हानेको आरोप लागेको थियो । यद्यपि, साक्षीहरूका अनुसार यो कथन पूर्ण रूपमा सही थिएन।