एमाले निकट युवा संघले भन्योः बालेनलाई कानुनी कठघरामा ल्याउनू

काठमाडौं- काठमाडौँ महानगर कमिटीको नेकपा एमाले निकट राष्ट्रिय युवा संघले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहलाई पक्राउ गर्न माग गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै संघले सामाजिक सञ्जालमार्फत समाज भाँड्ने अभिव्यक्तिहरू दिएको भन्दै बालेनलाई कानुनी कठघरामा उभ्याउन माग गरेको हो ।
मेयर बालेनको ‘टुकुचामा गाड्दिन्छु’ लाई लिएर संघले आपत्ति जनाएको छ ।
“आफ्नो पदीय जिम्मेवारी भुलेर पब र क्लबहरूमा रमाउँदै सस्तो लोकप्रियता र सामाजिक सञ्जालमा लाइक बटुल्नका लागि यस्ता स्तरहीन अभिव्यक्ति नदिन र तथ्यलाई अतिरन्जित गरी समाजलाई भड्काउने अभिव्यक्ति नदिन हामी सचेत गराउँछौ र कहिले सिंहदरबारमा आगो लगाउँछु त कहिले टुकुचामा गाड्छु जस्ता आपत्तिजनक अभिव्यक्ति दिने मेयरलाई कानुनी कठघरामा उभ्याउनका लागि सरोकारवाला निकायसँग जोडदार माग गर्दछौँ,” संघका अध्यक्ष दिपेश सुधाकारद्वारा हस्ताक्षर विज्ञप्तिमा भनिएको छ ।

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

पहिरोमा पुरिएर श्रीमान श्रीमतीको मृत्यु

म्याग्दीमा रहेको खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखरामा गाभिदै

बिहीबारबाट धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला हुने

पन्ध्र तोलाभन्दा बढी सुनका गहनासहित कोहलपुुरबाट छ जना पक्राउ

कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

तुइन चुँडिदा महाकालीमा खसेर एकजना बेपत्ता

प्रतिक्रिया