एसईई परीक्षार्थीबाट रौतहटमा हालसम्म १७०६ मोबाईल बरामद, ६ निरिक्षक माथी मुद्दा

रौतहट- रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चिट चोर्न प्रयोग गरिएको ४७३ थान मोबाईल अनुगमन समितिले नियन्त्रणमा लिएको छ।
मंगलवार विहान ८ बजेदेखि परीक्षा सञ्चालन भएपछि जिल्ला सदरमुकाम गौर लगायतका परीक्षा केन्द्रमा परीक्षार्थीहरुले शरीरमा लुकाई छिपाई परीक्षा हलभित्र लागेको ४७३ थान मोबाईल चेकजाँचको क्रममा टोलीले बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्।
हालसम्म परीक्षार्थीले चिट चोराउने उद्देश्यले लागेको १७०६ थान मोबाईल बरामद गर्नुका साथै परीक्षाको मर्यादा बिपरित गरेका ६ जना निरीक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन्।
निरीक्षकहरु माथी परिक्षाको मर्यादा उल्लघन समबन्धि कसुरमा मुद्दा दायर गरिएको एसपी घिमिरेले बताएका छन्। बरामद सबै मोबाइल प्रहरीको नियन्त्रणमा रहेको तथा मोबाईल सम्बन्धी पछि निर्णय हुने उनले जानकारी दिएका छन्। बिगतमा ‘न्याय नपाए गोर्खा जानु एसएलसी परीक्षा पास गर्नुभए रौतहट जानु’ भनेर सिङ्गो जिल्ला बदनाम भएको थियो।
एसएलसीबाट एसईईमा परिणत भएपछी पछिल्लो बदनामी प्रायः हटेको थियो। तर गत वर्ष देखि एसईई परीक्षामा पनी पुरानै ढाँचा देखिएको छ। यहाँ केही शिक्षक तथा सहयोगीहरु हवाटसअप ग्रुप बनाएर परीक्षामा चिट चोराउने गरेको कारण जिल्लामा परीक्षार्थीहरुले मोबाईलको प्रयोग गरिरहेका छन्। गत वर्ष एसईई परीक्षामा प्रहरी तथा अनुगमन टोलीले झण्डै २ हजार मोबाईल बरामद गरेको थियो।
परीक्षा सम्पन्न भएको करिब १ हप्ता पछि बरामद उक्त मोबाईलहरु नजिकको प्रहरी यूनिटमार्फत सम्बन्धित विद्यार्थीलाई फिर्ता गरेको थियो। गत वर्ष चिट चोराउने उद्देश्यले परीक्षा हल भित्र लागिएको मोबाईल सेट प्रहरीले सहजरुपमा विधार्थीलाई फिर्ता गरेकै कारण यस पटक मोबाईलको प्रयोग बढेको स्वयं शिक्षकहरूको भनाई रहेको छ।
अर्को तर्फ विषयगत शिक्षक नभएकै कारण बाध्यतावस विद्यार्थीले चिट चोराउने गरेको कतिपय शिक्षकहरूको भनाई रहेको छ। तथापी राज्यले मर्यादित परीक्षा सञ्चालन गराउनुका साथै बिषयगत शिक्षकको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको छ ।

सिरहामा मुख्यमन्त्री सिंहद्वारा अस्पताल अनुगमन : १३ अस्पताल बन्द, २ जना पक्राउ, …

सिरहामा विस्थापित दलितको घर प्रदेश सरकारले बनाइदिने

सिरहा घटना : प्रहरीले सरकारी वकिललाई बुझायो प्रतिवेदन

गर्मीसँगै उखु जुस व्यापारीको आम्दानी बढ्दै

सवा ९ लाखको सामानसहित एक जना पक्राउ

राजस्व चुहावट गरेका दुई कम्पनीविरुद्ध मुद्दा दायर

वीरगञ्ज महानगरद्वारा ३३ करोड ५६ लाख राजस्व संकलन

प्रतिक्रिया