१३ सय बढीको सहभागीतासहित नेपाल-भुटानका रोटरीयनहरुको कन्फ्रेन्स सम्पन्न

रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ (नेपाल-भुटान) को १७ औ डिस्ट्रिक्ट कन्फेरेन्स ललितपुरको द प्लजामा सम्पन्न भएको छ । चैत्र आठ, नौ र दश गते गरि तीन दिनसम्म चलेको उक्त सम्मेलनमा १५५ क्लबका १३ सय भन्दा बढी रोटरियनहरुको सहभागिता रहेको थियो ।
सम्मेलनलाई सम्बोधन गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले रोटरीले नेपालको शिक्षा, स्वास्थ्य, स्वरोजगार लगायतका क्षेत्रमा दिएको योगदानको प्रशंसा गरे ।
रोटरी इन्टरनेशनल प्रेसिडेन्ट रिप्रिजेनटेटिभ बेबी जोसेफको प्रमुख अतिथि रहेको कार्यक्रममा भारतका पुर्व डिस्ट्रिक्ट गभर्नर भि.के. माधव मोहन कि नोट स्पिकर रहेका कन्फ्रेन्स आयोजक कमिटीका अध्यक्ष मधुसूदन आचार्यले बताए ।
सम्मेलनमा रोटरीमा महिला नेतृत्व, युवा सहभागिता, रोटरीमार्फत सञ्चालित परियोजना र तीनको प्रभाव, सदस्यताको वर्तमान अवस्था र आगामी मार्गचित्र, द रोटरी फाउण्डेशनको महत्त्व, मानसिक स्वास्थ्य देखि रोटरीको सार्वजनिक छविका सन्दर्भमा रोटरीभित्र र बाहिरका वक्ताहरूले धारणा सम्मेलनमा राखेको रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान सेरचनले जानकारी दिए ।
कार्यक्रममा प्रत्येक वर्ष प्रदान गरिने २० लाख राशिको गोपाल कमला राज भण्डारी भोकेसनल एक्सिलेन्स अवार्ड बुटवलको खेतिपाती अर्ग्यानिकलाई प्रदान गरिएको छ । त्यस्तै एक लाख राशीको पुरस्कार निहारिका श्रेष्ठ र मन्जु कार्की लामिछानेलाई प्रदान गरिएको छ ।
अब अठारौं कन्फ्रेन्स अगामी बर्ष फागुन ७ देखि ९ सम्म पोखरामा आयोजना गरिने डिस्ट्रिक्ट गभर्नर इलेक्ट बिनोद कोइरालाले जानकारी दिए ।

सामाजिक सद्भाव कायम राख्दै ईद मनाइयो (फोटो फिचर)

आजको मौसम : कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

वृश्चिकलाई आँटेको काममा सफलता मिल्ने, मकरको पारिवारिक सम्बन्धमा सुधार आउने

आज सार्वजनिक बिदा

भोलि सार्वजनिक विदा

पत्रकार सुरेश रजक हत्या प्रकरणः 'भ्रम फैल्याउने समाचार संस्था वा व्यक्तिलाई कानु…

भाटभटेनीको सामान लुटपाट प्रकरणः यी हुन लुटपाट गर्नेहरू

प्रतिक्रिया