सोमबार १८ चैत, २०८१
Monday, March 31, 2025

कुमारी बैंकका ग्राहक गोकुल थापा बने भिसा अभियानको विजेता

भिसाले सञ्चालन गरेको ‘दशैं क्याम्पेन २०२४’ अन्तर्गत कुमारी बैंकका ग्राहक गोकुल थापा विजेता बनेका छन् ।​ त्यसैगरी कुमारी बैंककै कार्ड प्रयोगकर्ता क्षितिज भट्टराई पनि विजेता बनेका छन् । भिसा कार्डमार्फत डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको अभियानमा नेपालमा अवस्थित भिसा मेम्बर बैंकहरूबाट टप २५ जना भिसा कार्ड प्रयोगको आधारमा विजेता छानिएको थियो ।​

विजेताहरू मध्येबाट २ जनाले विदेश भ्रमणको दुई तर्फी हवाई टिकट प्राप्त गर्नेछन् । विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारीले आफ्ना ग्राहकहरूलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्दै आएको छ ।

बैंकले देशभर रहेका ३०२ शाखा, ३१६ एटीएम, ५० एक्स्टेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाईमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ । 

आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता बैंकको छ ।