कम स्रोतबाट धेरै नागरिक लाभान्वित हुने गरि काम गरौँ : उपप्रधानमन्त्री सिंह

काठमाडौं- उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले विकास निर्माणको काममा कम स्रोतबाट धेरै नागरिक लाभान्वित हुने गरि काम गर्नुपर्ने बताएका छन् । नगर विकास कोषले मंगलबार आयोजना गरेको `शहरी पूर्वाधार : प्राथमिकता तथा वित्त व्यवस्थापन कार्यशाला´मा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका प्रमुखहरू सहभागी थिए । उपप्रधानमन्त्री सिंहले परिवर्तित सन्दर्भमा नगर विकास कोषले नगरपालिकाहरूको भौतिक पूर्वाधार विकासमा कस्तो कार्यक्रम उपयुक्त हुन्छ भन्ने विषयमा पनि कार्यशाला उपयोगी हुने विश्वास व्यक्त गरे ।
उनले संघीयतालाई बलियो बनाउन संघ र स्थानीय सरकारबीचको सम्बन्ध सुमधुर बनाउनुपर्छ भन्नेमा आफ्नो जोड रहेको बताए । शहरीकरणका लागि अहिले देखिएको समस्या समाधानका लागि सरकार प्रतिवद्ध रहेको भन्दै उनले नागरिकको जीवन र जिविका सहज बनाउने कुरा नै अहिले सरकारको प्राथमिकतामा रहेको बताए ।
कार्यशालामा नगर प्रमुखहरूले अहिले भोगिरहेका समस्या र वित्त व्यवस्थापनका चुनौतीबारे आफ्नो धारणा राखेका थिए ।

चैत्र १५ गतेको घटनाका पक्राउ परेका कुनै पनि व्यक्ति अपराधी होइनन् : कमल थापा

तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य हो : प्रचण्ड

बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री गुरुङ

देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो यो : सभामुख घिमिरे

आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल

काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छः मन्त्री सिंह

जलवायु सङ्कट नियन्त्रणका प्रयासमा सञ्चार क्षेत्र सक्रिय हुनुपर्छ : उपराष्ट्रपति यादव

प्रतिक्रिया