मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

अछाम- मोटरसाइकल दुर्घटनामा परी मंगलबार यहाँ एकको मृत्यु भएको छ भने एक जना घाएते भएका छन् ।
मङ्गलसेन नगरपालिका –५ स्थित मध्यपहाडी लोकमार्गमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सोही नगरपालिका–१ कुन्ती निवासी २० वर्षीय जीवन थापाको मृत्यु भएको छ । मोटरसाइकलको पछाडि बसेका सोही ठाउँका १७ वर्षीय चेतन थापा घाइते भएका छन् ।
ठूलासेनबाट मङ्गलसेन तर्फ जाँदै गरेको से ७ प १४६९ नंको मोटरसाइकल मृतक जीवन थापाले चलाएका थिए । गम्भीर घाइते थापालाई उपचारको लागि जिल्ला अस्पताल मङ्गलसेन ल्याइएकामा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जय पार्कीले जानकारी दिए ।
घाइते चेतन थापालाई थप उपचारका लागि न्याय हेल्थ अस्पताल बयालपाटा रेफर गरिएको छ ।

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, २७ घाइते

विद्युत् लाइन काटिएपछि ग्यास प्लान्ट अलपत्र

लालझाडीका ज्येष्ठ नागरिकलाई तीर्थाटन

आठ महिनामा पाँच अर्ब चौँतिस करोड राजस्व सङ्कलन

नर्सरी व्यवसायबाट जीविकोपार्जन

भँगेराको सङख्या बर्सेनि घट्दो

गाउँमै पुगेर उपचार गर्दै स्वास्थ्यकर्मी

प्रतिक्रिया