शनिबार ०३ साउन, २०८२
Saturday, July 19, 2025

कुलमान प्रकरण : प्रतिपक्ष दलहरूले गरे प्रतिनिधिसभा बैठक अवरोध

काठमाडौँ- प्रतिनिधिसभा बैठकमा विपक्ष दलहरूले विरोध गरेका छन् । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)सहित विपक्षी दलहरूले प्रतिनिधि सभा बैठकमा विरोध गरेका हुन्।

माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत विपक्षी दलका सांसद उठेर विरोध गरेका छन् ।

माओवादी सांसद शक्तिबहादुर बस्नेतलाई प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गर्दै संसद अवरोध गर्ने जानकारी सभामुख देवराज घिमिरेलाई गराएका छन् ।