राष्ट्रियसभा बैठक बिहीबार बस्ने

काठमाडौँ- राष्ट्रियसभा बैठक प्रतिपक्षी दलहरुको अवरोधका बीच स्थगित भएको छ । अब उक्त बैठक बिहीबार १२: १५ बस्ने भएको छ ।
प्रमुख प्रतिपक्षी दलहरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) का सांसदहरुले सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेकामा त्यसको विरोध जनाएपछि अध्यक्ष नारायणप्रसाद दाहालले बिहीबारसम्मका लागि बैठक स्थगन भएको सदनलाई जानकारी दिए ।
बुधबार दिउँसो १ बजेर १५ मिनेटमा सुरु भएको राष्ट्रियसभाको बैठक प्रतिपक्षी दलका सांसदहरुको अवरोधका बीच १५ मिनेटका लागि स्थगन भएको थियो । पन्ध्र मिनेटका लागि स्थगन भएको उक्त बैठक फेरी समय परिवर्तन गरी आजै ३ बजेर ४५ मिनेटका लागि तोकिएको थियो ।
उक्त समयमा पनि बैठक बस्न नसकेपछि बिहीबारसम्मका लागि स्थगन गरिएको हो । –रासस

संसदमा भएको अपमानलाई संकेत गर्दै अध्यक्ष लिङ्देनले भनेः इखको रुपमा लिएर अघि …

राजतन्त्रका हिमायतीहरूको चरित्र उदाङ्गो भयोः उपप्रधानमन्त्री पौडेल

प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणबारे पूर्वप्रधानमन्त्री र पूर्व पराराष्ट्रमन्त्रीसँग पर…

अब आन्दोलनको आँधीबेहरी उठ्छः ज्ञानेन्द्र शाही

बालेनको फोटो सेयर गर्दै किराँतीले भनेः गणतन्त्रले मधेसीको छोरालाई अधिकार दि…

नेपाली समाज हिन्दू धर्मको संस्कारमा अडिग छः पूर्वप्रधानमन्त्री देउवा

लिङ्देनको भनाइलाई समर्थन गर्दै थापाको पनि चुनौतीः हामी पनि भन्छौ, राजावादी य…

प्रतिक्रिया