अमेरिकी दूतावासले भन्यो : भिसा लिन नक्कली कागजात पेस गरे अमेरिका प्रवेशमा आजीवन प्रतिबन्ध

काठमाडौँ- नेपालस्थित अमेरिकी दूतावासले भिसा लिनका लागि गलत विवरण वा नक्कली कागजात पेस गरेमा अमेरिका प्रवेशमा आजीवन प्रतिबन्धका साथै आपराधिक मुद्दा लाग्न सक्ने चेतावनी दिएको छ। बुधबार अमेरिकी दूतावासले सूचना जारी गरी अमेरिकी भिसा लिन गलत विवरण पेश गरेमा अमेरिका प्रवेशमा आजीवन प्रतिबन्ध लाग्न सक्ने जनाएको छ ।
'के तपाईंलाई थाहा छ? कन्सुलर अधिकृतहरू ठगी र नक्कली कागजातसम्बन्धी पछिल्ला घटनाका प्रवृत्ति र प्रविधिका बारे जानकारी राख्छन्। यदि तपाईंले गलत विवरण दिनुभयो वा नक्कली कागजात पेश गर्नुभयो भने तपाईं स्थायी रूपमा अमेरिका प्रवेशमा आजीवन प्रतिबन्धित तथा आपराधिक मुद्दाको जोखिममा पर्नुहुन्छ,' सूचनामा उल्लेख छ ।

पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता गरे : पूर्वप्रधानमन्त्री नेपाल

वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्छ : खानेपानीमन्त्री यादव

परराष्ट्रमन्त्री राणाको आग्रहः जनताको खाँचोका सेवामा संवेदनशील हुनु

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री ओली

बकर ईदले देशको संस्कृति विकासमा थप योगदान गर्नेछ : अध्यक्ष यादव

विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान होः अध्यक्ष दाहाल

प्रतिक्रिया