दक्षिण कोरियाली विपक्षी नेतालाई सफाइ

सियोल- दक्षिण कोरियाली विपक्षी नेता ली जे–म्युङलाई निर्वाचन कानुन उल्लङ्घन गरेको अभियोगमा बुधबार अदालतले सफाइ दिएको छ ।
प्रमुख विपक्षी दल डेमोक्र्याटिक पार्टीका नेता लीले गत राष्ट्रपतीय चुनाव प्रचार अभियानका क्रममा कुनै पनि गलत बयान नदिएको ठहर गर्दै सियोल उच्च अदालतले तल्लो अदालतको आदेशलाई उल्ट्याएको हो ।
सन् २०२२ को राष्ट्रपतीय चुनावका क्रममा गलत सूचना सम्प्रेषण गरेको आरोपमा गत नोभेम्बरमा सियोल केन्द्रीय जिल्ला अदालतले लीलाई एक वर्षको जेल सजाय सुनाएको थियो ।
अभियोजकहरूले लीलाई पहिलो र पुनरावेदनको सुनुवाईमा दुई वर्षको जेल सजायको माग गरेका थिए ।
सफाई पाएसँगै नेता लीले निर्वाचन कानुन उल्लङ्घनको मुद्दामा अदालतले आफूलाई सफाइ दिएकोमा अदालतप्रति आभार प्रकट गरेका छन् । “सत्य र न्यायमा आधारित ठोस निर्णय गरेकोमा म अदालतप्रति आभारी छु,” लीले अदालत बाहिर उत्साही समर्थकहरूको अगाडि भने ।
“सरकारले ममाथि मुद्दा चलाउने प्रयासमा ‘सार्वजनिक स्रोतहरूको दुरूपयोग’ गरेको र मविरूद्ध झुट्टा मुद्दा चलाएको पुष्टि भएको छ,” उनले भने ।
आगामी दिनमा कोरियाली जनताको हितमा आफुलाई समर्पित गर्दै सत्यको पक्षमा निरन्तर लड्ने उनले बताए । (रासस/एएफपी):

'युरोपेली संघप्रति बोस्नियाली जनताको विश्वास कायमै'
ओडेसामा रूसी आक्रमण, एकको मृत्यु

बेङ्गलुरुमा ४० विद्यालयलाई बमको धम्की

अमेरिकी कंग्रेसद्वारा ट्रम्पको ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदित

काश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतङ्कवादी घोषणा

नयाँ अध्ययनकाे खुलासा, ९ हजार बर्ष अघिसम्म अरबमा थियो हरियाली
दक्षिण कोरियामा १२० वर्षमा सबैभन्दा बढी वर्षा

प्रतिक्रिया