सिटिटेकको गेटपे प्लेटफर्ममा माछापुच्छ्रे बैंक र एनसीएचएलको सफल सहकार्य

सिटिटेक ग्रुप प्रालि ले नेपालको पहिलो एकीकृत भुक्तानी संयोजन प्रणाली तथा व्यवसायी व्यवस्थापन सफ्टवेयर ‘गेटपे’लाई नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)सँगको सहकार्यमा, माछापुच्छ्रे बैंक लिमिटेडमा सफल भुक्तानी व्यवस्थापन शुभारम्भ गरी ऐतिहासिक उपलब्धि हासिल गरेको जनाएको छ ।
सिटिटेक ग्रुप डिजिटल भुक्तानी प्रणालीमा क्रान्तिकारी परिवर्तन ल्याउने संस्थाको रूपमा आफ्नो पहिचान स्थापित गरेको छ । यस संस्थाले हालसम्म फिन-प्रो (finPRO) फिन-पस (finPOS) जस्तो नवीनतम सफ्टवेयर ल्याएर नेपालमा पहिले नै आफ्नो बर्चस्व कायम गरिसकेको छ ।
हाल सञ्चालनमा आएको गेटपे बैंक तथा वित्तीय संस्थालाई एकीकृत भुक्तानी प्रणालीमार्फत् भुक्तानी संरचना सरल बनाउने, व्यवसायी व्यवस्थापन गर्ने र नयाँ भुक्तानी माध्यमलाई छोटो समयमा एकीकृत गर्न सक्षम बनाउने प्लेटफर्म हो ।
व्यवसायीहरूका लागि यो प्लेटफर्मले सबै कारोबारको एकै स्थानबाट अनुगमन गर्ने, सुविधा दिने तथा फरक भुक्तानी प्रणालीलाई एकीकृत प्रणालीमा समायोजन गर्ने काम गरिरहेको छ ।
आधुनिक प्रविधिमार्फत् वास्तविक समयमै कारोबार पूरा गर्ने क्षमताले गेटपेलाई अधिक कार्यकुशल, लागत-प्रभावी र डिजिटलमैत्री साधन बनाएको कम्पनीले जनाएो छ ।
एकै पटकमा धेरै भुक्तानी माध्यममा गेटपेको पहुँच स्थापना हुने हुँदा जटिल भुक्तानी प्रणाली सहज हुनेछ । यो प्लेटफर्मले फरक भुक्तानी गर्ने माध्यमलाई लागत-प्रभावी र भरपर्दो च्यानलमार्फत् गतिशील रूपमा पठाउने सुविधा प्रदान गर्छ, जसले प्रयोगकर्तालाई छिटो, सजिलो र सहज भुक्तानीको अनुभव प्रदान गर्दछ ।
यसको नौलो प्रविधि संरचनाले बैंकलाई नयाँ भुक्तानी माध्यम एकीकृत गर्न र बदलिँदो बजारको माग अनुसार सेवा प्रदान गर्न मद्दत गर्दछ ।
माछापुच्छ्रे बैंकले गेटपेलाई आफ्नो दैनिक सञ्चालनमा सफलतापूर्वक समावेश गरिसकेको छ । यस प्लेटफर्मद्वारा बैंकका सम्पूर्ण भुक्तानी प्रणाली सहज गर्ने अभिन्न अंग बनेको छ । माछापुच्छ्रे बैंकको डिजिटल बैंकिङ टिमका एक सदस्यले भने, ‘गेटपेको माध्यमबाट हामीले व्यवसायीसँग सम्बन्धित सम्पूर्ण कारोबार र भुक्तानीहरू एकै ठाउँबाट हेर्न सक्ने सुविधा पाएका छौं, जसले बैंकको कार्यकुशलता अभिवृद्धि गर्नुका साथै ग्राहकलाई प्रदान गरिने सेवा अझ सरल र सबल बनाएको छ ।’
नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रतिनिधिका अनुसार यस साझेदारीमा सहभागी हुन पाएकोमा उत्साहित भएको र गेटपेले बलियो एकीकृत भुक्तानी पूर्वाधार निर्माण गरी नेपाललाई अन्तर्राष्ट्रिय फिनटेक बजारमा एउटा कशे ढुंगा सावित गर्न सक्ने विश्वास लिएको छ ।
साथै, यस कार्यक्रमबारे सिटिटेकका प्रमुख कार्यकारी अधिकृत साजन शर्माले भने, ‘नेपाली बैंकहरूलाई एकीकृत भुक्तानी प्रणालीलाई सशक्त बनाउने नवीनतम प्रविधि प्रदान गर्ने दिशामा ऐतिहासिक नयाँ पाइला चालेका छौं । अबका दिनमा नेपालका बैंक तथा वित्तीय संस्थाहरूको भुक्तानी व्यस्थापन तथा सञ्चालनमा हाम्रो संस्थाको तर्फबाट अझै उल्लेख्य योगदान हुने विश्वास दिलाउँछौं ।’
_s9n0E2adwG_gumcjphdni5h8dpeydj8wga6u7eedf5s53tlhjkvy9oq9o55mjx4slzmwcbq_zzVXTG3f46_ovtcs9fyg1h00kuymoihpqjuvqdf93z5teskqgisisumedyljeysawku5jb9.jpg)
कुमारी बैंकद्वारा फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

आजदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोलमा बढ्यो लिटरमै पाँच रूपैयाँ

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आँप मेलामा १० लाखभन्दा बढीको कारोबार

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण हुँदै

आज सुन प्रतितोला कतिमा कारोबार हुँदैछ?

स्काइवाक काठमाडौँ तेस्रो वर्षमा, ३ महिनासम्म पाहुनालाई नि:शुल्क कप उपहार

प्रतिक्रिया